शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पत्रकार महासंघलाई सर्वोच्चले माग्यो लिखित जवाफ – निर्वाचन समयमा किन हुन सकेन ?

  • प्रकाशित मिति : सोमवार, अशोज ७, २०८१



  • काठमाडौँ । सर्वोच्च अदालतले नेपाल पत्रकार महासंघको निर्वाचन तोकिएको समयमा हुन नसक्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ ।

    धुव्रप्रसाद चौलागाईले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले तोकिएको समयमा निर्वाचन गर्न नसक्नुको कारण पत्रकार महासंघलगायत मातहतलाई सोधेको हो । न्यायाधीश कुमार रेग्मीको एकल इजलासले रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गर्दै सबै विपक्षीका नाममा लिखित जवाफ मागेको हो ।

    वर्तमान कार्यसमितिले तोकिएको समयमा निर्वाचन गर्न नसकेपछि चौलागाईंले आइतबार सर्वोच्चमा रिट दायर गरेका थिए । नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय काठमाडौँ महानगरपालिका ९ सिनामंगल, नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति काठमाडौं महानगरपालिका, ९ सिनामंगल, प्रेस काउन्सिल नेपाल काठमाडौं महानगरपालिका, ९ सिनामंगल , नेपाल पत्रकार महासंघ बागमती प्रदेश कार्यालय मुकाम मकवानपुर हेटौँडा उपमहानगरपालिका वडा नं ४ नेपाल पत्रकार महासंघ जिल्ला शाखा मकवानपुर मकवानपुर हेटौंडा उपमहानगरपालिका वडा नं ११ लाई रिटमा प्रतिवादी बनाइएको छ ।

    नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम हाललाई स्थगित भएको छ। यसअघि नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि असोज १२ गते निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको थियो ।

    मतदाता नामावलीमा भएको विवादका कारण पटकपटक निर्वाचन मिति तोकिए पनि महासंघको निर्वाचन प्रभावित हुँदै आएको छ । महासंघको निर्वाचन समयमा गर्न नसकेपछि महासंघका अध्यक्ष विपुल पोखरेल र कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij