शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मह जोडीले गर्‍यो ‘महजात्रा’को घोषणा

  • प्रकाशित मिति : बिहिबार, अशोज १०, २०८१



  • काठमाडौँ । मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी)ले दश वर्षपछि ‘महजात्रा’को घोषणा गरेको छ । मह जोडीले मिरा फउन्डेसन र मानव सेवा आश्रमको सहयोगार्थ ‘महजात्रा’ नामक प्रहसनमार्फत आफ्नो प्रत्यक्ष प्रस्तुति दिने घोषणा गरेका हुन् ।

    मनोरञ्जन क्षेत्रमा दर्शकलाई हास्य–व्यंग्यमार्फत हँसाउँदै आएको मह जोडीको प्रहसनमा नेपालका ख्याति प्राप्त वरिष्ठ हास्य व्यंग्य कलाकारहरू किरण के.सी., राजाराम पौडेल, शिवहरी पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिमखडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, बिभुषा बस्नेतलगायतको प्रस्तुति रहनेछ ।

    प्रहसनको मुख्य विशेषता हास्य–व्यंग्यको माध्यमबाट समाजमा रहेका समसामयिक समस्याहरू र विविध मुद्दाहरूलाई उजागर गर्नु रहेको छ । नेपाली समाजका परम्परा, राजनीति, सामाजिक संरचना तथा सांस्कृतिक कुरितीहरुलाई व्यंग्यको माध्यमबाट प्रस्तुत गर्ने यो प्रस्तुति मह जोडीको अद्वितीय शैलीमा हुनेछ ।

    दश वर्षको लामो अन्तरालपछि फेरि एकसाथ मञ्चमा आउने मह जोडीले आफ्नो पुरानो शैलीको हास्य–व्यंग्यलाई फेरि जीवन्त बनाउन र दर्शकहरूलाई हँसाउँदै पहसनमा प्रस्तुत विषयवस्तुमा सोच्न बाध्य पार्ने उद्देश्य लिएको छ । यस प्रहसनमा हास्य र सन्देशको मिश्रण हुने भएकाले दर्शकहरूलाई हँसाउने मात्र नभई समाजप्रतिको धारणा परिवर्तन गर्ने प्रयास पनि गर्ने जनाइएको छ ।

    ‘महजात्रा’ मह संचार र सुश्री मिडिया प्रा.ली.को सहकार्यमा कात्तिक २२ गतेदेखि नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ भने प्रहसनको टिकट खल्ती एपमार्फत खरिद गर्न सकिनेछ । ‘महजात्रा’ नेपाली हास्य व्यंग्य क्षेत्रमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij