प्रकाशित मिति : बुधबार, अशोज १६, २०८१
हिन्दूहरुको ठूलो पर्व विजयादशमी भोलिदेखि शुरु हुँदैछ । हरेक वर्षजस्तै यसवर्ष पनि घोराहीमा सामूहिक पूजाको कार्यक्रम तय गरिएको छ । नवदुर्गा पूजा समिति घोराहीले घोराही–१४ को टेलिकम कार्यालय नजिकमा पूजास्थल निर्माण गरिरहेको छ । यसै सन्दर्भमा समितिका अध्यक्ष विष्णुकुमार गुप्तासँग युगबोधकर्मी गोविन्द खड्काले गर्नुभएको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
– सम्पादक
नवदुर्गा पूजाको तयारी कहाँ पुग्यो ?
तयारी अन्तिम चरणमा छ । बिहीबार दिउँसोसम्म सबै तयारी पूरा हुन्छ । साँझ साढे ६ बजे उद्घाटन हुन्छ । सबै श्रद्धालु, नगरबासी एवं टाढा टाढाबाट पनि उपस्थित हुन भक्तजनलाई सादर अनुरोध छ । यो पूजा असोज १७ गतेदेखि २६ गते राति १० बजेसम्म चल्नेछ ।
कहिलेदेखि भइरहेको छ पूजा कार्यक्रम ?
यो पूजा त ३०÷३५ वर्षदेखि निरन्तर चलिरहेको छ । म पनि १२÷१३ वर्षदेखि अध्यक्ष पदमा रही पूजाको नेतृत्व गरेको छु । हामीले कोरोना कालको लकडाउनमा पनि पूजा रोकेनौं । त्यसबेला धेरैको उपस्थितिमा भव्य बनाउन नसके पनि पूजाका काम थोरै उपस्थित भएर सम्पन्न भए । मास्क सेनिटाइजरको व्यवस्था गरेर पनि पूजा सुचारु गरेका थियांै । अहिले भने धेरैको उपस्थितिमा भव्य हुन्छ । त्यसकै व्यवस्थापनका लागि हाम्रो टिम खटिरहेको छ ।
खर्च व्यवस्थापन कसरी चलिरहेको छ ?
नवदुर्गा पूजामा सम्पूर्ण नगरवासी दाजुभाइ दिदिबहिनीको सहयोग छ । साथ छ । हौसला छ । व्यक्तिगत र संस्थागत नगद सहयोग गर्नुभएको छ । हामी सबै ठाउँ पुगेर सहयोग संकलन गरिरहेका छँंै । त्यो सहयोग पूजाका क्रममा खर्च गरिनेछ । पूजाबाट नाफा हुँदैन । घाटा भए पनि धेरै थोरै मिलाएर तिर्छौं । हामीले दुर्गामाताको आशीर्वाद पाउँछौं । यस्तोमा घाटाको कुरा गर्दैनौं । हामीलाई शान्तपूर्वक पूजा सम्पन्न गर्ने ध्यान हुन्छ । त्यसमै खुशी छौं ।
भक्तजनको अवस्था कस्तो छ ?
झक्तजनको निकै ठूलो आस्था र विश्वास छ । साँझ १० बजेसम्म पूजा चल्छ । विगतमा भक्तजनहरु ठूलो संख्यामा उपस्थित हुने गर्नुभएको छ । यसपाला पनि हामीलाई विश्वास छ सबैले माया गरेर साँझको खानपिनपछि प्रसाद खान उपस्थित हुनुहुनेछ । आचार्य श्यामरण र मन्जिल मोहन कार्कीको टिमले प्रवचन, झजनकीर्तन र झाँकी प्रस्तुत गर्नेछ । धेरैको सहभागिता रहनेछ । त्यसका लागि मञ्चदेखि बस्नका लागि उचित प्रवन्ध गर्न समिति लागेको छ ।
चर्को साउण्डसिष्टम बजाएर समस्या आउने हो कि ?
हामी कसैको निद्रालाई बाधा पार्दैनौं । धर्मको काम गर्न अरुलाई अफ्ठेरो पार्नु हुन्न । साउण्ड सिष्टम त राखिन्छ । त्यसले हानि नोक्सानी गर्दैन । साँझ प्रशासनले भनेकै समयमा बन्द हुन्छ । राति अबेरसम्म पूजा तथा भजनकीर्तनको काम नचल्ने भएकाले सुत्ने समयमा शान्त गरिहाल्छौं ।
सडकमै पूजा कार्यक्रम छ, यातायात र पार्किङको सुविधा कसरी हुन्छ ?
सवारी साधनहरु आवतजावत खुला रहने गरी मञ्च बनाएका छौंं । नयाँबजार हुँदै हस्पिटलरोड ट्राफिकतर्फ जाने र त्यता तर्फबाट आउन सवारी रोकिदैनन् । रातिको समयमा खासै सवारी चल्दैनन् । । भक्तजनहरुको सवारीका लागि पार्किङको व्यवस्था गरेका छांै । नेपाल प्रहरी र स्वयंसेवकले सुरक्षा दिने र बस्नका लागि व्यवस्था मिलाउने काम गर्छन् । सम्पूर्ण काम शान्तिपूर्वक सम्पन्न हुन्छ ।
पूजालाई व्यवस्थित गर्न के गर्नुहुन्छ ?
पूजाको लागि राज्यले जग्गाको व्यवस्था गरे हुन्थ्यो । अहिले कतै ठाउँ नपाएर बाटोमा पूजा गरिरहेका छौं । खुला ठाउँ भए त्यसरी बाटोमा आधा रोकेर पूजा गर्नुपर्ने थिएन । बजार बाहिर घनिबगिया, हात्तीखर्क यस्ता टाढा टाढा गएर पूजा गर्नु सम्भव छैन । बजारभित्र पूजा गर्ने खाली ठाउँ छैन । यसअघि वालमन्दिरमा गर्दै आएका थियौं त्यहाँ स्कुलका ठूला–ठूला भवन बने र अहिले पनि बनिरहेका छन् । त्यहाँ ठाउँ नै छैन । यता कभर्डहलमा गर्न खोजेको त्यहाँ खेलाडीलाई डिष्टर्व हुन्छ भने । दिनदिनै खेल खेल्दा रहेछन् । अन्त बजारभित्र ठाउँ नै छैन । राज्य र सम्पूर्ण नागरिकलाई अनुरोध गर्छु एउटा फराकिलो पूजास्थल व्यवस्था गरिदिनुस् ।
पूजा व्यवस्थापनका लागि सबै टिम लागेको छ । टिममा अलिकति थोरै धेरै त जहाँ पनि भइहाल्छ तर सबै सक्रिय भएर लागेका छौं । डेढ महिना जति पूजाको तयारीमै बित्छ । कृष्णनगरबाट मुर्ति ल्याउनुपर्छ । बजारमा सहयोग संकलन गर्न हिड्नुपर्छ । निम्तो कार्ड बनाएर पठाउनेदेखि अतिथिहरुको निम्तो, मञ्च व्यवस्थापन, पूजा सामग्रीको संकलनलगायत धेरै काम गर्नुपर्ने हुन्छ । यसमा समितिलाई व्यक्तिगतरुपमा कुनै लाभ हुँदैन । समितिमा लागेकाहरु आफ्नो पेशा व्यवसाय छोडेर पूजाको काममा लाग्ने हो । सिर्फ दुर्गामाताको आशीर्वादको लागि हो । अरु कुनै लाभ खोज्दैनौं ।
भक्तजनलाई थप केही भन्नु छ ?
सबै भक्तजनलाई उपस्थित हुन अनुरोध गर्दछु । हामीले चिठी पनि पठाएका छौं । सबैलाई चिठी पु¥याउन सम्भव हुँदैन । यसैलाई आधार मानेर, यसैलाई निम्तो मानी नौ दिनसम्म चल्ने नवदुर्गा पूजामा सहभागी भइदिनुहुन अनुरोध गर्दर्छु । घोराही–१४ दूरसञ्चार कार्यालय नजिकै पूजा चल्ने छ । उक्त पूजामा साँझको समयमा आई प्रसाद ग्रहण गरिदिनु हुन सादर अनुरोध गर्दछु ।
nayayoughbodh bat
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij