शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

दाङ भ्यालीको दशैं मिलन तथा ट्राफिक प्रशिक्षण

  • प्रकाशित मिति : बुधबार, अशोज १६, २०८१



  • दाङ/ दाङ भ्याली यातायात प्रालिको दशैं मिलन तथा ट्राफिक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । दाङको घोराहीमा अयोजित कार्यक्रममा प्रमुख अथिती लुम्बिनी प्रदेश सरकारका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्योपानेकोले तिन पाङ्ग्रे अटो टेम्पोले धेरै रोजगारी श्रृजना गरेको र यस्को समरक्षणमा कुनै पनि नितीगत समस्या भए सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । राज्यले दोहोरो करका मार नपर्ने गरी ब्यवसायीलाई सहजिकरण गर्नुपर्ने उहाँको भनाई थियो ।

    यस्तै दाङ भ्याली यातायात प्रालिका अध्यक्ष बेत प्रकाश वलीले ब्यवसायी बिचमा भएका समस्याहरुलाई राख्नुभएको थियो । दोहोरो कर अन्त्य हुनुपर्ने, अन्तरपालिका बाटो ईजाजत दिनुपर्ने, अस्थाई बाटो ईजाजत पटकेको ब्यवस्था गरिनुपर्ने लगाएतका समस्या रहेको हुदाँ समाधानका लागि पहल गरिदिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा स्थापनाकाल देखि संस्थामा आबद्ध रहेका उत्कृष्ठ ६ जना चालकरहरुलाई र स्थापना दिवसका अवसरमा आयोजित रक्तदान कार्यक्रममा रक्तदान गर्ने १४ जनालाई सम्मान पत्रले सम्मानित गरिएको थियो ।

    यस्तै कार्यक्रममा घोराही उप-महानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले नगरमा अटो टेम्पोको संख्या धेरै हुदाँ समस्या भएको बताउनुभयो । उहाँले अटो टेम्पो सञ्चालन स्थानिय सरकारको एकल अधिकार भित्र पर्ने भएकाले कानुन बनाएर यस्को ब्यवस्थापनमा लाग्ने बताउनुभयो । कार्यक्रममा दाङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद लम्साल, उद्योग बाणिज्य संघ दाङका बरिष्ठ उपाध्यक्ष नरेश कुमार श्रेष्ठ, हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रबन्धक लोकराज पराजुली शुभकामना मन्तब्य राख्नुभएको थियो ।

    कार्यक्रममा भर्खरै जिल्लामा सरुवा भएर आउनुभएका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रशाद लम्साल, जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक अर्जुन प्रशाद तिमिल्सिनालाई स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी निरिक्षक राजेश शाहीले अटो टेम्पोका चालकहरुलाई प्रशिक्षण गरिएको थियो ।

    दाङ भ्याली यातायात प्रा।लिका घोराही शाखा संयोजक बलजित दमाईको स्वागत मन्तब्यबाट सुरु भएको कार्याक्रमको सहजिकरण संस्थाका कार्यालय प्रमुख महेन्द्र महराले गर्नुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij