प्रकाशित मिति : शुक्रबार, अशोज १८, २०८१
काठमाडौँ । हालैको बाढीपहिरामा परी दुई सय ३९ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता छन् । अन्य एक सय ७७ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट हालसम्म १७ हजार एक सय ३१ जनाको उद्धार भएको छ ।
सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास जारी छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij