शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

डिजिटल लाइसेन्स नियमनको लागि ट्राफिक प्रहरीलाई १०४ वटा स्मार्ट मोबाइल हस्तान्तरण

  • प्रकाशित मिति : शुक्रबार, अशोज १८, २०८१



  • बिनिता शर्मा,काठमाडौ । सरकारले डिजिटल सवारीचालक अनुमति पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ ।

    शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री देवेन्द्र दाहालले १०४ वटा मोबाइल फोन प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरलाई हस्तान्तरण गर्नुभएको हो ।

    कार्यक्रममा बोल्दै बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले सबै प्रदेशहरुले सवारी चालक अनुमति पत्र छापेर दिने काम सुरु भइसकेको बताउनुभयो । उहाँले देश संघीयतामा गएको उल्लेख गर्दै डिजिटलाइजेशन गर्ने क्रममा पछि पर्न नहुने बताउनुभयो । उहाँले सवारी चालक अनुमति पत्रलाई राष्ट्रिय परिचय र नागरिक एपसँग जोडिएको बताउनुभयो । उहाँले लाइसेन्स लिन लामवद्ध हुनुपर्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुवँरले बढ्दो जनघनत्व र शहरीकरणको अनुपातमा पर्याप्त पूर्वाधार निर्माणका अभाव र यातायातको साधनको तिब्र वृद्धि नै सडक दुर्घटनाको कारक तत्व रहेको बताउनुभयो । उहाँले आर्थिक वर्ष २०८०/०८१ सम्म काठमाडौं उपत्यकामा १८ लाख भन्दा धेरै सवारीसाधन दर्ता भएको बताउनुभयो । उहाँले उपत्यकामा हाल १८ सय ३६ जना ट्राफिक प्रहरी परिचालित रहेको बताउनुभयो ।

    मानवीय र यान्त्रिक दुवै श्रोत साधनको उपलब्धताको अभाव, लामो ड्युुटी समय, स्वास्थ्यको जोखिम राखेर सडक व्यवस्थापन र यात्रु सुरक्षातर्फ केन्द्रित रहेको बताउनुभयो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij