शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बाढीपहिरो : हालसम्म २४४ जनाको मृत्यु

  • प्रकाशित मिति : आइतवार, अशोज २०, २०८१



  • काठमाडौ‌ । गत साताको बाढीपहिरोबाट हालसम्म २४४ जनाको मृत्यु भएको छ । बाढीपहिरोका कारण १९ जना बेपत्ता भएका छन् भने अन्य एक सय ७९ जना घाइते भएका छन् ।

    बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ भने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास भइरहेको गृह मन्त्रालयले जनाएको छ ।

    बाढीपहिरो पीडितको विवरण संकलन स्थानीयस्तरबाट भइरहेको र विवरण संकलन भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण गरिने गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताउनुभयो । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायतका सहयोग प्रदान भएको बताइएको छ ।

    सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक दुई लाख रुपैयाँका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । सहायता रकम हालसम्म एक सय ६० परिवारले पाइसकेका छन् ।

    सबैभन्दा बढी मृत्यु भएको काभ्रेपलाञ्चोकमा ७२ जनामध्ये ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij