शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुहाउँदो क्यारेक्टर पाए म पनि हिरोको भूमिकामा खेल्छु : बुद्धि तामाङ

  • प्रकाशित मिति : मङ्लबार, अशोज २९, २०८१



  • काठमाडौंँ । बुद्धि तामाङ सानोपर्दाको सिरियल ‘मेरी बास्सै’बाट चर्चित बनेका कलाकार हुन् । थिएटर हुँदै सानोपर्दामा भित्रिएका उनी ‘मेरी बास्सै’को थेगो ‘हैट’का कारण चिनिन सफल भए ।

    तामाङ पछिल्लो समय ठुलोपर्दा­­(फिल्म­)मा बढी देखिन थालेका छन् । सन् २०१३ को ‘साँघुरो’बाट फिल्म अभिनय थालेका तामाङले अहिलेसम्म करिब तीन दर्जन हाराहारी फिल्ममा अभिनय गरिसकेका छन् । हरेक फिल्ममा उनी कमेडी भूमिकामै देखिँदै आएका छन् ।

    आफूलाई सुहाउँदो भूमिका आयो भने हिरोमा पनि खेल्ने सोच रहेको उनी बताउँछन् । उनको नयाँ फिल्म ‘ज्वाइँ साब’ फूलपातीको दिनदेखि प्रदर्शनमा आएको छ ।

    बुद्धि तामाङसँग फिल्म ‘ज्वाइँ साब’का विषयमा केन्द्रित रहेर कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको सम्पादित अंश–

    ‘ज्वाइँ साब’मा कस्तो भूमिका छ ?
    फिल्ममा मेरो सपोर्टिङ चरित्र छ । फिल्मका मुख्य कलाकार जितु नेपाललाई ‘बुस्ट’ गर्र्ने, सपोर्ट गर्ने मेरो भूमिका छ । फिल्ममा दर्शकले मेरो भूमिका यसअघिका फिल्मको भन्दा बेग्लै र धेरै मनोरञ्जनात्मक पाउनु हुनेछ । म फिल्म हेरेर इन्जोय गर्न चाहन्छु भनेर कोही हलमा जन्छ भने यो फिल्मबाट इन्जोय गर्ने ठाउँ प्रशस्त छ ।

    तपाईंको भूमिका प्रायः सबैजसो फिल्ममा उस्तै हुन्छ, किन ?
    मलाई दर्शकले सहायक र कमेडी भूमिका मै मन पराएको भएर होला, सबै फिल्ममा उस्तै खालको भूमिकाको प्रस्ताव आउँछ । भूमिका उस्तै भए पनि मेरो पात्र र हँसाउने तौर तरिका भने हरेक फिल्ममा फरक रहँदै आएको छ । मैलेमात्र फरक भूमिका गर्छु भनेर पनि हुँदैन ।

    फरक भूमिका गर्न मन लाग्छ होला नि ?
    फिल्म ‘आँखा’, ‘घर ज्वाइँ’मा भने केही फरक चरित्र गरेको छु । तर ती चरित्रको चर्चा भएन । मानिसले सिरियसभन्दा पनि मलाई कमेडी, मनोरञ्जन दिने खालको भूमिकामै खोज्दा रहेछन् । मलाई पनि धेरै फिल्ममा एउटै खालको भूमिका भएर मनोटोनस समेत भइसक्यो भन्ने लाग्छ । के गर्नु ? आएको काम त गर्नुप¥यो ।

    अहिले कमेडियनहरू पनि फिल्मको हिरो भइरहेको समय छ । तपाईंलाई हिरो हुन मन लागेको छैन ?
    कमर्सियल रूपमा हिरो बनेर फिल्म खेल्ने मेरो जिउडाल छैन । कथाको हिसाबले हिरो पात्र मलाई सुहाउने भयो भने मुख्य भूमिका (हिरो) म पनि बन्छु । त्यस्ता फिल्म आए सधैँ रेडी छु ।

    नाटक, सिरियल, म्युजिक भिडियो, फिल्म सबै भ्याउनु भयो । कुनै एक विधामात्र छान्न सकिन्थ्यो कि ?
    म कलाकार हो । कलाकारको पहिलो धर्म भनेको अभिनय गर्ने हो । मलाई नाटक, सिरियल, म्युजिक भिडियो, फिल्म के भन्ने मतलब छैन । मनपर्ने भूमिका आयो र आफूलाई सहज देखेँ भने अभिनय गर्छु ।

    अभिनय गर्दा केमा बढी मजा मिल्छ ?
    नाटकमा एउटै क्यारेक्टरमा, एउटै स्टेजमा, वान टेकमा गर्नु पर्ने भएकाले मजा बेग्लै छ ।

    फिल्म बनाउने कुरो थियो नि ?
    यो वर्षबाट फिल्म निर्माण सुरु गर्छु भनेको तर तारतम्य मिलिरहेको छैन । मैले बनाउने फिल्ममा हाँसो र आँसु दुवै हुन्छ । हामीले देखेको, भोगेको कथा लिएर सानो क्यानभासको फिल्म बनाउन मन छ ।

    फिल्म बनाउन किन मन लाग्यो ?
    अभिनय गरेको धेरै भयो । अभिनयको मिति सकिन लाग्यो जस्ताचाहिँ लाग्छ । आफूले जानेको कलाक्षेत्रमै हो । त्यसैले यही क्षेत्रमा रहिरहन निर्माता बन्न लागेको हो ।
    ratopati bat

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij