शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

रोल्पाली सेवा समाजको समन्वय र नेपाल मगर संघको आर्थिक सहयोगमा अलबहादुर बिकको शव रोल्पा पठाइयो

  • प्रकाशित मिति : आइतवार, कार्तिक ४, २०८१



  • बर्षात ओली, दाङ/ रोल्पाली सेवा समाजको समन्वय र नेपाल मगर संघको आर्थिक सहयोग मा अलबहादुर बिक शव रोल्पा पठाइएको छ ।

    युबा समाजसेबी एबं रोल्पाली सेवा समाजका केन्द्रीय अध्यक्ष डिलाराम वली समन्वयमा र नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जित रोकाको आर्थिक सहयोगमा उपचारको क्रममा मृत्यु भएका परिवर्तन गाउँपालिका–५ राङकोट धनठाना रोल्पाका ५८ वर्षीय अल अलबहादुर बिकको शव शनिबार रोल्पा पठाइएको हो।

    रोल्पा परिवर्तन गाउँपालिका ५, राङ्कोट धनठानाका ५८ वर्षीय अल बहादुर बि.क, जसका दुई छोरी मात्र छन्, नौ महिना अघिदेखि बिरामी हुनुहुन्थ्यो। दुई हप्ता पहिले चितवन क्यान्सर अस्पतालमा जाँच गर्दा उहाँलाई जिब्रोमा क्यान्सर भएको पत्ता लागेको थियो। थप उपचारका लागि १२ दिनपछि फेरि चेकअप गर्न बोलाइएको थियो।

    दाङमा जेठी छोरीको कोठामा बस्दै आएका बि.कलाई राति अचानक स्वास्थ्य समस्या देखा परेपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगियो, तर दुर्भाग्यवश उहाँको आज दिउँसो निधन भयो। परिवारले उहाँको शवलाई रोल्पा घरमा लैजाने योजना बनाए पनि आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण कुनै विकल्प देखिएन।

    यसपछि परिवारले सामाजिक सञ्जालमार्फत आर्थिक सहयोगको अपिल गर्दै दर्जित रोका लाई फोन गर्नु भयो र परिवर्तन गाउँपालिकाकासँग पनि सहयोगको लागि अनुरोध गरे, तर कुनै सहयोग प्राप्त हुन सकेन। उहाँकी श्रीमती जितमाया बि.क र जेठी छोरी भिम सरि बि.कले यो कुराको जानकारी गराउनुभयो।

    नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष तथा रोल्पाली सेवा समाजका आजीवन सदस्य एवं दाङ शाखाका संरक्षक दर्जित रोकाज्युलाई यसबारे जानकारी भए पछि उहाँले तिनै संस्थाका केन्द्रीय अध्यक्ष डिलाराम वली, दाङ शाखाका अध्यक्ष ओम प्रकाश खड्कासँग समन्वय गरेर परिवारसँग भेट्न अस्पतालमा पुग्नुभयो। परिवारले सहयोगका लागि हारगुहार गरेपछि रोल्पाली सेवा समाजको समन्वय र संरक्षक दर्जित रोकाको आर्थिक सहयोगमा एम्बुलेन्सको ब्यस्था गरि अल बहादुर बि.क.को शव रोल्पा पठाइएको हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij