शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बम्बई उच्च अदालतबाट छोटा राजनले जमानत पाए

  • प्रकाशित मिति : बुधबार, कार्तिक ७, २०८१



  • काठमाडौं । बम्बई उच्च अदालतले २३ वर्ष पुरानो हत्या प्रकरणमा छोटा राजनलाई जमानत दिएको छ ।

    समाचार एजेन्सी पीटीआईका अनुसार छोटा राजनलाई सन् २००१ मा होटल व्यवसायीको हत्या गरेको अभियोगमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

    लाइभ लका अनुसार सन् २००१ मा जया शेट्टीको हत्याको मुद्दामा अन्डरवर्ल्ड ग्याङ्स्टर छोटा राजनले जमानत पाएका छन् । यस मुद्दामा राजनलाई यसअघि नै सजाय भइसकेको छ ।

    छोटा राजन पत्रकार जे डे हत्याकाण्डमा सजाय काटिरहेकाले जेलबाट निस्कन गाह्रो छ ।

    २०१८ मा, मुम्बईको एक विशेष अदालतले पत्रकार जे डेको हत्या प्रकरणमा मुख्य आरोपी छोटा राजन सहित सबै नौ दोषीहरूलाई जन्मकैदको सजाय सुनाएको थियो।

    मुम्बईका ज्योतिर्मय ‘मिड डे’ अखबारमा सिनियर क्राइम रिपोर्टरका रूपमा काम गर्थे । ‘जे डे’ नामबाट पत्रिका लेख्ने ज्योतिर्मयको ११ जुन २०११ मा मुम्बईको उपनगर पवईमा गोली हानी हत्या गरिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij