शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

जलवायु परिवर्तनको प्रतिकुल प्रभावले समग्र राष्ट्रको सुरक्षामा असर पार्नेछ : प्रधानसेनापति

  • प्रकाशित मिति : शनिबार, कार्तिक १०, २०८१



  • काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले जलवायु परिवर्तनका कारण उत्पन्न जोखिम र सम्भावित खतराहरुको मूल्यांकन गरी न्युनिकरणको रणनीति तयार पारेर प्रभावकारी कार्यान्वयन गर्ने काममा ढिलाई गर्न नहुने बताउनुभएको छ ।

    शुक्रबार संरक्षण समूह नेपालले सैनिक मुख्यालय भद्रकालीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानसेनापति सिग्देलले सो कुरामा जोड दिनुभएको हो ।

    प्रधानसेनापति सिग्देलले नेपालमा जलवायु परिवर्तनको प्रतिकुल प्रभावका कारण राष्ट्रका समग्र सुरक्षामा असर पार्ने उल्लेख गर्दै त्यसलाई न्युनिकरण गर्ने कार्यमा ढिलाई गर्न नहुने स्पष्ट पार्नुभयो । समग्र राष्ट्रिय सुरक्षामा जलवायु परिवर्तनका कारण उत्पन्न हुनसक्ने सम्भावित चुनौतिहरुको समिक्षा गर्नुपर्ने आवश्यक्ता पनि उहाँले औंल्याउनुभयो ।

    प्रधानसेनापति सिग्देलले जलवायु परिवर्तनका कारण नेपालको राष्ट्रिय अर्थतन्त्रमा नै ठूलो जोखिम निम्त्याउन सक्ने उल्लेख गर्दै त्यस्ते अवस्था आउन नदिन सचेत भएर काम गर्नुपर्ने बताउनुभयो ।

    प्रधानसेनापति सिग्देलले जलवायु परिवर्तनका कारण नेपालको पर्यटन क्षेत्रमा समेत नकारात्मक असर पर्नेतर्फ पनि ध्यानाकर्षण गराउनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij