शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सुरु भयो वैकुण्ठधाम आध्यात्मिक महोत्सव, भब्य कलश यात्रा

  • प्रकाशित मिति : बिहिबार, कार्तिक २२, २०८१



  • नेपालगन्ज । नेपालगन्जमा आजदेखि बैकुण्ठधाम आध्यात्मिक महोत्सव सुरु भएको छ । रामलिला मैदानमा सुरु भएको महोत्सवमा वाचन शिरोमणि पण्डित दीनबन्धु पोखरेलले कथा वाचन गर्नेछन् । महोत्सवको पण्डित पोखरेलले पानसमा बत्ती बालेर उद्घाटन गरेका छन् ।

    बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ५ राप्ती नदीस्थित सिधनियाघाटमा व्यवस्थित, सुविधायुक्त र आधुनिक दाहसँस्कार गर्ने घाटसहितको संरचना ‘बैकुण्ठधाम सिधनियाघाट ‘ निर्माण गर्ने उद्देश्यका साथ वैकुण्ठधाम आध्यात्मिक महोत्सव आयोजना गरिएको हो । आध्यात्मिक महोत्सव कार्तिक ३० गतेसम्म सञ्चालन हुने मूल समारोह समितिका संयोजक डा. सुरेश कुमार कनोडियाले जानकारी दिए ।

    बाँके र यस आसपासका नागरिकले वर्षौंदेखि प्रियजन र आफन्तजनको निधनपछि दाहसंस्कार गर्दा भोग्नुपरेको समस्या र दाहसंस्कारमा सहभागीहरुले ब्यहोर्नुपरेको दुःखलाई मध्यनजर गर्दै परिकल्पना गरिएको बैकुण्ठधाम निर्माण गर्न सहयोग जुटाउने उद्देश्यले आध्यात्मिक महोत्सव आयोजना गरिएको संयोजक डा. सुरेशकुमार कनोडियाले बताए । कनोडियाका अनुसार महोत्सवलाई व्यवस्थित बनाउन सबै वर्ग, क्षेत्र, धर्म र समुदायलाई समेटेर २००० बढी सदस्य रहेको मूल समिति र त्यस अन्तर्गत रहने गरी ११० बढी उपसमिति गठन गरिएको छ ।

    महोत्सवस्थल रामलिला मैदानबाट झाँकीसहित शोभा कलशयात्रा निकालिएको थियो । शोभा कलशयात्रा रामलिला मैदानबाट सुरु भई भेरी अस्पताल, गणेशमान चोक, विपी चोक, धम्बोजी, सेतु बिक चोक हुँदै त्रिभुवन चोक, रानी तलाउ भएर पुनः रामलिला मैदानमा पुगेको थियो । विभिन्न जातजाति, भाषा, धर्म र सम्प्रदायको झाँकीसहित कलशयात्रा गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij