शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

मानव तस्करीको आरोप लागेका अधिकारी एमालेबाट निलम्बित

  • प्रकाशित मिति : शनिबार, कार्तिक २४, २०८१



  • काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशसभा सदस्य तथा आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारीलाई कारवाही गरेको छ ।

    पार्टीको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म अधिकारीलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलब्न गरेको जानकारी गराएको हो । विज्ञप्तिमा आरोपको अन्तिम निरुपण नहुँदासम्म अधिकारीलाई राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद सदस्य र पार्टीको संगठित सदस्यताबाट समेत निलम्बन गरिएको उल्लेख छ ।

    अधिकारीलाई जापान भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका विषयमा शीघ्र छानबिन तथा अनुसन्धान गर्न पनि एमालेले सरकारसँग माग गरेको छ ।

    अधिकारीले आफूलाई मानव तस्कर गिरोहले प्रयोग गरेको र प्रहरीलाई आफैंले यस बारेमा सूचना दिएर अनुसन्धान गर्न लगाएको बताएका छन् । अधिकारीले संघीय सरकारबाट भ्रमण स्वीकृत नगराइ विदेश गएकाले उनको भ्रमण शंकास्पद देखिएको हो । आरोप लागेपछि उनले मन्त्री पदबाट राजीनामा दिइसकेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij