शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गणेश मन्दिरमा एक लाखको अक्षयकोष स्थापना

  • प्रकाशित मिति : शनिबार, कार्तिक २४, २०८१



  • दाङ/दाङको घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुर निवासी ऋषिराम शर्माले आफ्नी स्वर्गीय श्रमिति ज्ञाना शर्माको स्मृतिमा गणेश मन्दिर भरतपुरमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गर्नु भएको छ ।

    घोराही उपमहानगरपालिका वडा नं १५ भरतपुरमा रहेको श्री गणेश समाज सुधार समिति गणेश मन्दिर स्थापना गर्नका लागि ज्ञाना शर्माले महत्वपूर्ण योगदान गर्नु भएको र उहाँको इच्छा अनुसार मन्दिरको दैनिक पूजाआजा गर्न सहज होस भन्नका लागि ज्ञाना—ऋषि अक्षयकोष स्थापना गरिएको अक्षयकोषदाता ऋषिराम शर्माका छोरा कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

    गणेश मन्दिर स्थापना गर्नका लागि आमाले शुरुवाती चरणदेखि लाग्नु भएको र जीवनको अन्तिम क्षणमा मन्दिरको पूजाअर्चनमा सहयोग गर्नका लागि अक्षयकोष स्थापना गरिदिन भन्नु भएकोले मन्दिरमा एक लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको छोरा पौडेलले जानकारी दिनुभयो ।

    गणेश समाज सुधार समिति भरतपुर दाङले आज शनिवार एक कार्यक्रमको आयोजना गरि अक्षयकोषको रकम ग्रहण गर्नुका साथै अक्षयकोष स्थापना गर्नुहुनु ऋषिराम शर्मा, उहाँका छोराहरु कृष्णप्रसाद पोडेल र बासु शर्मा, बुहारी बसन्ता पौडेल, ज्वाई दिपक रेग्मीलाई सम्मान गरेको छ ।

    गणेश समाज सुधार समितिका अध्यक्ष शंकर गौतमले मन्दिर स्थापनाका लागि स्वर्गीय ज्ञाना शर्मा र उहँँको परिवारको महत्वपूर्ण योगदान रहेको भन्दै अक्षयकोष स्थापना गरेर अरुलाई पनि प्ररणादायि कामप्रति प्रोत्साहन गरेको बताउनुभयो । अक्षयकोषदाताको इच्छा अनुसार अव मन्दिरले उक्त रकमबाट आउने ब्याजले मन्दिरको दैनिक पूजाअर्चनमा प्रयोग गरिने ब्यवस्था मिलाईने अध्यक्ष गौतमले जानकारी दिनुभयो ।

    गणेश समाज सुधार समितिका उपाध्याक्ष टंकेश्वर सुवेदीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा बोल्ने वक्ताहरुले मन्दिर स्थापनकामा लाग्नुहुने ब्यक्तिबाट अक्षयकोष स्थापनाको शुरुवात भएको भन्दै यसले अरुलाई पनि अक्षयकोष स्थापनामा प्ररणा दिने बताएका छन । उनीहरुले मन्दिरको बिकासका अन्य ब्यक्तिहरुबाट पनि सहयोग भए मन्दिर सञ्चालन र समाज सहयोग गर्न सहज हुने बताएका छन । कार्यक्रममा दिपक रेग्मी, गोविन्द गौतम, ध्रुवकुमार ज्ञवाली, उदयबहादुर डाँगी, हेमराज शर्मा लगायतकाले बोल्नु भएको थियो । कार्यक्रमको सहजिकरण गणेश समाज सुधार समितिका सचिव निर्मल गौतमले गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij