प्रकाशित मिति : शनिबार, साउन ८, २०७३
डडेल्धुरा, साउन ८ – सडकमा खसेको पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाले दुई ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडकखण्ड अन्तर्गत कैलालीको सहजपुर–७ को डप्रेनी र वडा नम्बर २ मा पर्ने भाँसुभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।
सुदूरपश्चिमका पहाडि तथा हिमाली सात जिल्ला जोड्ने मुख्य राजमार्गको रुपमा रहेको सडकखण्ड अवरुद्ध हुँदा सवारी साधन शनिबार बिहानै देखि बिच बाटोमा नै अलपत्र परेका छन् । अहिले पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij