शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कुटपिटबाट एकको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, मंसिर १३, २०८१



  • हेटौंडा:  मकवानपुरको मनहरी गाउँपालिकामा कुटपिटबाट एक जनाको मृत्यु भएको छ। मनहरी–६ प्रतापुर लच्का निवासी ३४ वर्षीय अम्मरबहादुर लोप्चनले कुटपिट गर्दा ५० वर्षीय जितबहादुर मोक्तानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

    मजदुरी काम गर्दै दुवै जना खाना खाएर लोप्चनको घरमा सुत्न गएको र सोही क्रममा लोप्चनले सावेलले कुटपिट गरेको प्रहरी नायब उपरीक्षक अर्यालले बताए। सावेल प्रहारबाट गम्भीर घाइते मोक्तानको उपचारका क्रममा चितवन अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए। मोक्तानमाथि सावेल प्रहार गर्ने लोप्चनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij