प्रकाशित मिति : आइतवार, मंसिर २३, २०८१
काठमाडाैं। साहित्यकार प्रकाश पाठक योगीले टिकटकर एलिजालाई पक्राउ गर्न माग गर्दै विद्युतीय सञ्चार मार्फत गृह मन्त्रालयलाई पत्र लेखेका छन्।
टिकटकर एलिजाले फेस्बुक भिडियोमार्फत नेपाली समाज माथि अपमानजनक “हिजडे” शब्द प्रयोग गरी गरेको अभिव्यक्तिका सम्बन्धमा पाठकले नेपालको संविधानको धारा १८ को २ मा तेस्रो लिंगीलाई भेदभाव गरिने छैन” भन्ने लेखिएको भएपनि तेस्रो लिंगी र सिंगाे समाजलाई एलिजाले प्रयोग गरेको शब्दावालीले समाजको मानमर्दन गरेकोप्रति नेपाल सरकारको गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij