शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

मच्छिन्द्रनाथले आफ्नो भोटो देखाउने

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  • वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको ऐतिहासिक भोटो जात्रा आज सम्पन्न भएको छ । रातो मच्छिन्द्रनाथको जिम्मा रहेको भनिएको ऐतिहासिक भोटो ललितपुरको जावलाखेलमा देखाइने चलन छ । मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ ।

    भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतको उपस्थित रहेको थियो ।

    मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ। बहुमूल्य मणिमणिक्य आदि जडित उक्त भोटो वास्तविक हकदावी गर्न नआएसम्म मच्छिन्द्रनाथको जिम्मामा रहने भन्ने लोक कथन छ ।
    भोटोजात्रा सकिएपछि शुक्रबार मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहाल पुर्याइन्छ। उपत्यककाको सबैभन्दा लामो जात्राका रुपमा परिचित मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएर झण्डै दुई महिनासम्म सञ्चालन हुने गर्दछ। भोटो जात्राको अवसरमा सरकारले शुक्रबार काठमाडौं उपत्यकामा सार्वजानिक बिदा दिएको छ।

    सरकारले आज काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?
    गुराँस गाउँपालिका अध्यक्षमा पूर्व बीबीसी संवाददाता नेत्र केसीको चर्चा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij