शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तातोपानी स्नानस्थलको क्षमता विस्तार

  • प्रकाशित मिति : शनिबार, फाल्गुन १०, २०८१



  • म्याग्दी। प्राकृतिक उपचार स्थलको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका-४ मा रहेको सिंगा तातोपानी कुण्डमा स्नान स्थलको क्षमता विस्तार गर्न थालिएको छ। तातोपानी कुण्ड व्यवस्थापन समितिले उपल्लो तातोपानी बजारको नजिकै सार्वजनिक जग्गामा नयाँ पोखरी निर्माण गरेर स्नान स्थलको क्षमता बढाउन थालेको हो।

    समितिका सचिव अमरबहादुर केसी (कुमार)ले तातोपानी स्नान गरेर उपचारका लागि आउनेहरुको चाप बढेपछि क्षमता विस्तार गर्न लागिएको जानकारी दिए।

    “म्याग्दी नदीको किनारमा रहेको मुहानबाट तातोपानीलाई पम्पीङ गरेर स्नानका लागि संकलन गर्न नयाँ पोखरी निर्माणको काम अन्तिम चरणमा पुगेको छ,” उनले भने, “कुण्डमा स्नानका लागि आउनेहरुले तिर्ने प्रवेश शूल्कले निर्माण सामग्री खरिद, मजदुरको ज्याला ब्यवस्थापन र श्रमदान जुटाएर नयाँ स्नानस्थल बनाउन लागिएको हो।”

    १५-१५ फिट लम्बाई चौडाई र दुई दशमलब पाँच फिट उचाई भएको पोखरीमा एक पटकमा ८० जनाले स्नान गर्न सक्ने क्षमता रहेको सचिव केसीले बताए।

    हालको तातोपानी स्नानस्थल भन्दा केही माथि म्याग्दी नदीको किनारमा बिरेनुनको गन्धमा ५० डिग्री सेल्सियस तातोपानी निस्कने मुहान छ। उक्त मुहानको पानीलाई विद्युतीय उपकरणको सहायताले पोखरीमा पु¥याउने संरचना निर्माण भएको छ।

    स्नानस्थल नजिकै सार्वजनिक शौचालय बनाउन लागिएको छ। संरचना निर्माण सकेर यसै महिनादेखि नयाँ स्नानस्थल सञ्चालन गरिने तातोपानी कुण्ड व्यवस्थापन समितिका अध्यक्ष कृष्ण खड्काले बताए। उनका अनुसार तातोपानीमा स्नान गरेर छाला, ग्यास्ट्रिक, वाथ, चोटपटक लागेको स्वास्थ्य समस्या निको हुने गरेको छ।

    आर्थिक वर्ष २०८०-०८१ मा नेपालका ५९ जिल्ला, भारत, रसिया, फ्रान्स र जापानका ४४ हजार जनाले तातोपानी स्नान गरेका समितिको तथ्यांक छ। तीन सय ५० का दरले शूल्क तिरेर सात देखि १० दिनसम्म स्नान गर्न पाइन्छ।

    छोटो अवधीमा स्नान गर्नेहरुका लागि प्रतिपटक रु. एक सय शूल्क तोकिएको छ। हाल बिरामी र पर्यटक तथा पाहुनाका लागि स्नान गर्नका लागि दुई वटा फरक-फरक पोखरी छन्। भ्रमण आउने र जाडो याममा स्नान गर्नेहरुहरुको मंसिर देखि फागुन चैत महिनासम्म घुइँचो लाग्ने गर्छ।

    ठूलो पोखरीमा एक पटकमा तीन सय जनाले स्नान गर्न सक्ने क्षमता छ। पाहुनाको चाप बढेकाले दुई-दुई घण्टाको दरले तीन वटा समूह बनाएर स्नानको व्यवस्था मिलाइएको छ। हाल दैनिक एक हजार जनाले तातोपानी कुण्डमा स्नान गरिरहेका सिंगा तातोपानी कुण्ड व्यवस्थापन समितिका कर्मचारी रेशम कार्कीले बताए।

    प्रवेश शूल्कको १३ प्रतिशत सरकारलाई कर र २५ प्रतिशत बेनी नगरपालिकालाई बुझाउने गरिएको छ। प्रवेश शूल्क र चन्दा सहयोगबाट कुण्डका कर्मचारीहरुको तलब, भत्ता, भौतिक पूर्वाधार निर्माण, सामाजिक कामका साथै तातोपानीमा रहेको सरस्वति माविका पाँच जना निजी स्रोतका शिक्षकहरुको तबलभत्तामा खर्च गरिदै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij