शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

विवाह गर्ने वित्तिकै ६० बर्षिया बृद्धले गरे विष सेवन

  • प्रकाशित मिति : बुधबार, चैत्र ६, २०८१



  • काठमाडौँ / विवाह गर्ने वित्तिकै ६० बर्षिया बृद्धले विष सेवन गरेका छन् । भारत बिहारको मुंगेर जिल्लाका ६० वर्षीय मुसहरु यादवले बेहुली लिएर घर आए लगत्तै विष खाएका हुन् । बेहुली लिएर घर पुगेका यादवलाई छोरा सुरजले घर पस्न नदिएपछि विष पिएर आत्महत्या प्रयास गरेको विहार प्रहरीले जनाएको छ ।

    भारतीय सञ्चारमाध्यमका अनुसार यादवले गाउँकै एक महिलासँग १५ मार्चमा विवाह गरेका थिए । विवाहपछि बेपत्ता भएका उनी १७ मार्चका दिन बेहुली लिएर घर फर्किएका थिए ।

    घर पुग्नासाथ छोरा सुरजसँग उनको विवाद भयो । बुढेसकालमा विवाह गरेर आफूहरूलाई लज्जित बनाएको भन्दै सुरज आफ्ना पितासँग रिसाए । उनले पिता मुसहरु र नवविवाहित महिलालाई घरमा पस्नसमेत दिएनन् । विवाद बढेपछि नवविवाहित महिला त्यहाँबाट आफ्नै घरमा फर्किन् ।

    आफ्नै घरभित्र पस्न नपाएको र आफूले बिहे गरेर ल्याएकी पत्नीलाई छोराले अस्वीकार गरेको रिसमा मुसहरुले विष खाए । पिताले विष खाएको थाहा पाएलगत्तै छोराले उपचारका लागि स्थानीय अस्पतालमा लगे । त्यहाँबाट पनि उनलाई मुंगेरस्थित सुविधासम्पन्न अस्पतालमा पठाएर उपचार गरिएको छ ।

    मुसहरु यादवका अनुसार उनले गाउँकै एक श्रमिक महिलासँग विवाह गरेका हुन् । आफ्नो पहिलो पत्नीको १५ वर्ष अघि नै निधन भइसकेका कारण दोस्रो विवाह गरेको उनको भनाइ छ । नवविवाहित पत्नीका पनि एक छोरा र एक छोरी रहेको उनले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij