शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राजावादीको जनआन्दोलन समितिद्वारा सर्वपक्षीय वार्ताको आह्वान, सरकारमाथि दमनको आरोप

  • प्रकाशित मिति : शनिबार, चैत्र १६, २०८१



  • काठमाडौँ । राजसंस्था पुनर्स्थापनाको माग राख्दै संयुक्त जनआन्दोलन परिचालन समितिले सर्वपक्षीय वार्ताको आह्वान गरेको छ। समितिका प्रवक्ता स्वागत नेपालद्वारा जारी विज्ञप्तिमा सरकारले आन्दोलनमाथि दमन गरेको आरोप लगाइएको छ। “यो आन्दोलन अब सरकारले तोकेको क्षेत्रमा मात्र सीमित रहँदैन,” विज्ञप्तिमा चेतावनी दिइएको छ।

    प्रवक्ता नेपालले आजको आन्दोलनमा सरकारको दमनकारी रणनीतिका कारण स्थिति अशान्त बनेको बताए। “हिजोदेखि चक्रपथ छुन नदिने गरी कोटेश्वरतर्फ आउने नागरिकमाथि दमन भइरहेको छ। निजी घरभित्रबाट समेत प्रहार भएको छ, जसले आक्रोशित जनताले आत्मरक्षाका लागि प्रतिकार गर्नुपरेको अवस्था सिर्जना भएको छ,” उनले भने।

    विज्ञप्तिमा भनिएको छ, “कार्यक्रम स्थलमा नेतृत्व आई पुग्नुअघि नै घुसपैठ र दमनबाट अशान्ति निम्तिएको छ। यो अवस्थाको जिम्मेवारी निरङ्कुश सत्ताले लिनुपर्छ।” समितिले आफ्नो आन्दोलन शान्तिपूर्ण र भद्र अवज्ञामा आधारित रहेको स्पष्ट पारेको छ, तर सरकारको दमन र घुसपैठविरुद्ध आन्दोलन थप व्यापक हुने चेतावनी दिएको छ।

    “आजदेखि देश संक्रमणकालमा प्रवेश गरेको छ। गणतन्त्र कागजमा मात्र सीमित भएको छ। पुरानो संसदीय व्यवस्थावादीहरूले नयाँ सहमति नगरे स्थिति भयावह बन्नेछ,” विज्ञप्तिमा उल्लेख छ। समितिले तत्काल सर्वपक्षीय वार्ता र संवादको पहल गर्न तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्थाहरूलाई स्थिति पर्यवेक्षण गर्न आह्वान गरेको छ।

    यसैगरी, घाइते आन्दोलनकारी र प्रहरीको निःशुल्क उपचार तथा क्षति व्यहोरेका व्यवसायीका लागि तत्काल क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ। “दमनपूर्ण नीति र घुसपैठले आन्दोलनलाई सीमित राख्न सकिँदैन,” नेपालले भने।

    यो घटनाले देशमा राजनीतिक तनाव बढ्ने संकेत गरेको छ। आगामी दिनमा सरकार र आन्दोलनकारीबिचको सम्बन्धले परिस्थितिको दिशा निर्धारण गर्नेछ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij