शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अमेरिकी करले विश्वभर हलचल

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २२, २०८१



  • एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ करहरूको घोषणा गरेलगत्तै विश्वभर शेयर बजारमा भारी गिरावट आएको छ ।

    अमेरिकाको सर्वाधिक ठूला पाँच सय वटा फर्महरू ट्र्याक गर्ने एस एण्ड पी ५०० को शेयर ४ दशमलव ८ प्रतिशतले घटेको छ । यो गिरावट सन् २०२० मा कोभिडले अर्थतन्त्रलाई ध्वस्त पारेपछिको सबैभन्दा खराब अवस्था हो । ठूला कम्पनीहरु नाइकी, एप्पल र टार्गेटको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले खुम्चियो ।

    अमेरिकी अर्थतन्त्र “उत्थान’’ हुने जिकिर गर्दै राष्ट्रपति ट्रम्पले आयातमा न्यूनतम १० प्रतिशत कर लगाउने निर्णय गर्दा विश्व बजारले नकारात्क सूचक देखाएको हो ।

    समग्रमा ५४ प्रतिशत करको सामना गरिरहेको चीन र २० प्रतिशत करको सामना गरिरहेको युरोपेली युनियनले अमेरिकी करको बदलामा पारस्परिक कर लगाउने बताएका छन् ।

    ट्रम्पले घोषणा गरेको कर योजनाले अमेरिकी भन्सार संकलनलाई सय वर्षयताकै उच्च स्तरमा पु¥याउने बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij