आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग गर्दैन : प्रधानमन्त्री ओली

  • प्रकाशित मिति : बुधबार, बैशाख ३१, २०८२



  • काठमाडौँ / प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन्।

     

    बुधबार काठमाडौंमा आयोजित गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले गैरआवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्र प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

    उनले गैरआवासीय नेपाली संगठनलाई विधिसम्मत रूपमा सञ्चालन गर्न पनि आग्रह गरेका छन्। अहिलेको विश्व विधिको भएको हुँदा विधि तोडेर अघि बढ्ने कुरा स्वेच्छाचारिता हुने जिकिर गर्दै उनले राजनीतिक दलहरूका जनवर्गीय संगठन बन्नबाट एनआरएनएलाई जोगाउन आह्वान गरेका छन्।

    प्रधानमन्त्री ओलीले भने, ‘विधिसम्मत ढंगले तपाईँहरू चल्नुस्। यो विधिको दुनियाँ हो। विधिको जमाना हो। विधि तोडेर यस जमानामा अघि जान्छु भन्ने कुरा त स्वेच्छाचारिता हुन्छ, त्यसो गर्न हुँदैन। विधिसम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहनेछ। नेकपा एमाले, जसका अध्यक्ष उनी स्वयं हुन्, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहनेछ। एमालेले गैरआवासीय नेपाली संगठनलाई आफ्नो दलीय हितमा प्रयोग गर्ने छैन। डायस्पोराको र देशको हितमा मात्र प्रयोग गर्नेछ।’

    प्रधानमन्त्री ओलीले गैरआवासीय नेपाली संगठनलाई कसैको स्बार्थका लागि प्रयोग हुनबाट जोगाएर देशको हितमा समर्पित बनाउनुपर्नेमा जोड दिए । उनले विधिसम्मत रूपमा गरिने काममा सरकारको निरन्तर साथ रहने पनि स्पष्ट पारेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij