शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

स्क्रब टाइफसको नयाँ बिरामी भक्तपुरमा पनि

  • प्रकाशित मिति : बिहिबार, भदौ १६, २०७३



  • भक्तपुर। भक्तपुरमा पनि स्क्रब टाइफसको नयाँ बिरामी भेटिएको छ ।

    भक्तपुर जिल्ला अस्पतालमा बिरामी भएर उपचारका लागि आएका छ वर्षका एक बालकलाई स्क्रब टाइफस भेटिएको अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ डा शम्भुदत्त जोशीले जानकारी दिए  ।

    मुसा वा छुचुन्द्रोमा हुने एक प्रकारको किरा ‘माइट’ले टोकेमा सर्ने यो रोग दोस्रो विश्व युद्धपछि फेरि देखापरेको उनले बताए  ।

    मुसा मारेर आएको बिरालो समातेमा पनि यो किराको सङ्क्रमण हुन सक्ने बताउँदै उहाँले उपचारमा ढिलाइ गरे यसबाट ज्यानै जान सक्ने उल्लेख गरे  ।

    यो रोग लागेमा सुरुमा शरीरमा डाबर आउने, ज्वरो आउने, टाउको दुख्ने, शरिरमा गाँठा देखिने, टोकेको ठाउँमा खरानी रङ्गको राबर आउने, पछि कलेजो, श्वासप्रश्वास, आन्द्रा, रगतको नली फुटेर ज्यानै जानसक्ने डा जोशीले जानकारी दिए  ।

    यो रोगको सङ्क्रमण भक्तपुरमा पहिलोपटक देखापरेको भक्तपुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नवराज गेलालले जानकारी दिए  । जनचेतनाको अभावले रोगको सङ्क्रमण बढ्न सक्ने भएकाले सबैलाई सचेत गराउनुपर्ने बताउँदै सरकारले यो रोगको निःशुल्क उपचार र औषधिको व्यवस्था गरेको उनले जानकारी दिए  ।

    भक्तपुरमा यो रोगका बिरामी अरु पनि हुनसक्ने आशंका गर्दै उहाँले अस्पतालमा यसको परीक्षण गर्ने प्रविधि अर्थात् किटको व्यवस्था गर्नु अति आवश्यक भएको डा जोशीले बताए ।

    नेपालमा यो रोगबाट अहिलेसम्म करिब ४०० जना सङ्क्रमित भएको र पाँचजनाको ज्यान गइसकेको अस्पतालले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij