शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

थवाङी समाजको नाम्क दुईदिन थप

  • प्रकाशित मिति : शुक्रबार, असार ६, २०८२



  • थबाङी सेवा समाज सांस्कृतिक समूहको आयोजनामा असार १ गते शुरु भएको नाम्क (भुम्या) दुईदिन थप भएको छ ।

    शनिबारसम्मका लागि चार जनाले ५० हजारमा किनेको समितिका संयोजक मायापुरा रोकाले जानकारी दिनुभयो । पाँच दिनसम्म चल्ने पर्व सात दिन पुग्ने भएको छ । नेपाल मगर संघका केन्द्रीय उपाध्यक्ष दर्जीत रोकामगर र समस बुढा मगरले १५ हजारका दरले ३० हजार रुपैयाँ दिनुभएको समाजका कोषाध्यक्ष कुमार रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार बिनरोजी रोका र राष्ट्रिय झाँक्रीले १० हजारका दरले २० हजार गरी ५० हजारमा किन्नुभएको हो । यस बाहेक विभिन्न व्यक्ति र संस्थाले नाम्कलाई नगद सहयोग गर्नुभएको छ ।

    ‘विदाको दिन पनि छ, धेरै जना जम्मा हुनुभएको छ’– केन्द्रीय उपाध्यक्ष रोकाले भन्नुभयो– यस्तो बेलामा नाम्क थप्दा रामै्र  होला जस्तो लाग्यो ।’ उहाँका अनुसार नाम्क मान्न देश विदेशबाट आउनुभएको छ । धेरै खर्च गरेर टाढा टाढाबाट आउनुभएकालाई रहर पूरा गर्न दिनु उचित लाग्यो । सबैभन्दा ठूलो र लामो समय चल्ने पर्व नाम्क हो । त्यसैले अति महत्व दिइन्छ । घोराही–१३ बडहरामा चलिरहेको नाम्क (भुम्या) मा साँझ पख अत्यधिक भिड लाग्ने गरेको छ । महिला पुरुषको चार लाइनमा गोल घेरा लाग्दा पनि घुमेर नाच्न नमिल्ने गरी बाक्लो उपस्थिति देखिन्छ । खन्जरा नाच्नका लागि भने झनै अपुग देखिन्छ । अत्यधिक भिड भएपछि बिहीबार साँझ अँध्यारो नहुँदै आयोजकले समापन गरेको थियो । यातायात व्यवस्थापन पनि चुनौतीपुर्ण देखिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij