शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

कांग्रेस सभापति देउवाले बोलाए आकस्मिक बैठक

  • प्रकाशित मिति : शुक्रबार, साउन ९, २०८२



  • काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । कांग्रेसभित्र सरकारको कार्यशैली र पार्टीको भूमिकालाई लिएर गम्भीर असन्तुष्टि बढेपछि बिहान ९ बजेपछि देउवा निवास बुढानिलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो ।

    बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पनि अनिवार्य उपस्थित हुन भनिएको छ । पार्टीभित्रै सरकारको कामकारबाही प्रभावकारी नभएको र जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

    पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवन, सरकारको कामकारबाहीको समीक्षा, संघीय निजामती विधेयक र भूमि विधेयकजस्ता महत्वपूर्ण विषयमा छलफल हुनेछ । विशेषगरी, संघीय निजामती विधेयकमा राखिएको दुईवर्षे ‘कुलिङ पिरियड’ र भूमि विधेयकलाई संसदीय समितिमा पठाउने वा नपठाउने भन्ने विषयमा पार्टीभित्रै मतभेद देखिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij