शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

घोराही–तुलसीपुर चारलेन सडक डिभिजन दाङले हेर्ने

  • प्रकाशित मिति : मङ्लबार, साउन १३, २०८२



  • घोराही–तुलसीपुर चारलेन सडक डिभिजन दाङले हेर्ने भएको छ /
    तुलसीपुर, १२ साउन । घोराही–तुलसीपुर चारलेन सडक निर्माण आयोजाको काम सडक डिभिजन कार्यालय दाङले नै हेर्ने भएको हो।
    मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयबाट ठेक्का सम्झौता तथा खरिद सम्झौता भएपनि सडक डिभिजन कार्यालय दाङले नै आयोजना हेर्ने भएको डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्र बहादुर विष्टले बताए ।
    अहिले सोही सडककालागि नयाँ ठेक्का भइ सम्झौता समेत भइसकेको छ । दिवा/बन्दन भगवती जेभी काठमाडौंले ठेक्का पाएर निर्देशनालयसंग सम्झौता गरिसकेको छ । यस अघि भारतीय एक्जिम बैंकको लगानीमा भारतीय ठेकेदारले नै काम गरेका थिए ।
    त्यसकालागि छुट्टै परियोजनाले काम हेर्ने गर्थ्यो । त्यतिबेला पाँच वर्षसम्म पनि काम १० प्रतिशत पनि नभएपछि ठेक्का रद्द गरिएको थियो । अहिले नेपाल सरकारले नै बजेट विनियोजन गरेर नेपाली ठेकेदारले नै काम पाएका छन्, भने त्यसलाई हेर्ने जिम्मेवारी सडक डिभिजन कार्यालय दाङले पाएको प्रमुख विष्टले बताए ।
    उनका अनुसार दुई अर्ब ५२ करोड ३७ लाख दुई हजार तीन सय ६१ रुपैयाँमा तीन वर्ष भित्र सक्ने गरि सम्झौता भएको छ । करिब २१ दशमलव ५८ किलोमिटर क्षेत्रलाई चारलेन बनाईनेछ । घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्मा सबै चारलेन बन्ने प्रमुख विष्टले बताए । फोरलेन सडककै लागि पुल पनि फोर लेन बनाउने गरि केही खोलामा ठेक्का समेत भएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij