शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

खानेपानी आयोजना निर्माणमा ढिलाइ

  • प्रकाशित मिति : शुक्रबार, भदौ १७, २०७३



  • कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ मा रहेको भगतपुर निम्बुखेडा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिले निर्माण कार्य अगाडि बढाएको खानेपानी आयोजना निर्माणको कार्य पर्याप्त बजेटको अभावमा अगाडि बढ्न सकेको छैन ।

    आठ करोड ८९ लाख रुपैयाँको लागतमा निर्माण हुन लागेको आयोजनाका लागि प्रतिवर्ष थोरै बजेट मात्रै विनियोजन हुँदा निर्माण कार्य द्रुत गतिमा अगाडि बढ्न नसकेको हो । पाँच वर्षभित्रै निर्माण कार्य पूरा गर्ने लक्ष्यसहित निर्माण कार्यअगाडि बढाइएको आयोजनाको आव ०७०/७१ देखि निर्माण कार्य प्रारम्भ गरिएको थियो ।

    सो वर्ष आयोजना निर्माणका लागि रु तीन लाख, आव ०७१/७२ मा रु २७ लाख, आव ०७२/७३ मा रु ४० लाख र चालु आवमा रु १३ लाख मात्रै बजेट विनियोजन भएको आयोजना निर्माण समितिका अध्यक्ष गणेश सिंह धामीले बताए ।

    उनका अनुसार हालसम्म आयोजनाका लागि दुईवटा बोरिङ, पर्खाल र चौकीदार बस्नका लागि घर निर्माण गरिएका छन् । “पर्याप्त बजेट विनियोजन नहुँदा निर्माणको कार्यलाई द्रुत गतिमा अगाडि बढाउन सकिएको छैन”, अध्यक्ष धामीले भने । निम्बुखेडा, खैरभटटी, भगतपुर, कटान र सालघारीका गरी एक हजार २०० भन्दा बढी बासिन्दाका घरमा खानेपानी पु¥याउने लक्ष्यका साथ आयोजनाको कार्य सुरु गरिएको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij