शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

खेवाको निधनले प्रचण्ड स्तब्ध

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  •  नेकपा माओवादी केन्द्रले सवारी दुर्घटनामा परी पार्टीको महाधिवेशन आयोजक समितिका सदस्य हरिराज खेवालगायतको निधन भएकोमा गहिरो दुःख व्यक्त गरेको छ ।

    सो पार्टीका अध्यक्ष प्रचण्डले आज एक शोक वक्तव्य प्रकाशित गरी धनकुटा क्षेत्र नं २ का पूर्वसभासद् तथा पूर्व अर्थराज्यमन्त्री खेवालगायतको धनकुटाको सिदुवा बजारमा बिहीबार भएको बस दुर्घटनामा परी निधन भएकामा पार्टी स्तब्ध भएको बताएका छन् ।

    अध्यक्ष प्रचण्डले शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । धनकुटा हात्तिखर्क गाविस वडा नं ६ मा २०२५ साल कात्तिकमा जन्मिएका खेवा सानैदेखि सामाजिक सेवामा क्रियाशील थिए ।

    धनकुटा बहुमुखी क्याम्पसबाट उच्च शिक्षा हासिल गरेका खेवाले २०५० सालदेखि २०५४ सम्म जनकल्याण प्रावि हात्तिखर्कमा शिक्षक हुँदै प्रधानाध्यापकसम्म बनेका थिए ।
    विसं २०५३ का कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरी २०५४ सालमा सोही गाविसको गाविस अध्यक्षसमेत भएका थिए । नेकपा एमाले, नेकपा माले हुँदै नेकपा माओवादीमा प्रवेश गरेका खेवा २०६४ सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा धनकुटा क्षेत्र नं २ बाट प्रत्यक्ष निर्वाचित सभासद् भएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij