शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ४, २०८२



  • धरान। तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ। बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ।

    धरान उपमहानगरपालिका-२ का बिक्की दास बिहान ५ः०० बजेदेखि बेलुका ८ः०० बजेसम्म मुख्य बजार भानुचोक घण्टाघर क्षेत्रमा किसमिस, नरिवल, मिठाइ, झिलिमिली बत्ती र अबिरका प्याकेटहरू बिक्री गर्दै आएका छन्। उनले भने, “बिहान र साँझ उपभोक्त बढी आउछन् । दिउँसो गर्मी हुने भएकाले कम ग्राहक कम आउँछन्। अहिले दैनिक १५ देखि २० हजारसम्मको कारोबार भइरहेको छ।”

    अहिले बजारका हरेक सडकपेटीमा सयौँ व्यापारी व्यस्त छन्। दियो, रङ, मिठाइ, किसमिस, पूजाका लागि माटाका पाला, बत्तीलगायत तिहारमा आवश्यक पर्ने सामग्री बिक्रीले बजार रङ, सुगन्ध र झिलिमिलीले भरिएको छ।

    धरानका सडकहरू अहिले तिहारको रौनकले चम्किरहेका छन्। मुख्य बजारका साना व्यापारीहरू, जसमा मिठाइ, किसमिस, दियो र अबिर बेच्नेको सङ्ख्या बढी छ। दैनिक २० हजारसम्म कारोबार गर्दै स्थानीय व्यापारीले आफ्नो आम्दानी जुटाइरहेका छन्।

    तिहारका अवसरमा झिलिमिली चारैतिर देखिएको छ। किनमेल गर्ने सर्वसाधारणको घुइँचो लागेको छ। बत्ती, मिठाइ मसला र फूलहरूले बजार ढाकेको छ। दशैंपछि नेपालीको दोस्रो ठूलो पर्व भनेर चिनिने तिहारलाई साङ्गीतिक चाडसँगै फूल माला, रङ र उज्यालो पर्वका रूपमा लिने गरिन्छ।

    बत्ती व्यापारी निरज कोइरालाले भनेयो, “पछिल्लो समय परम्परागत दियो बाल्ने चलन लोप हुँदै गएको छ। आधुनिक झिलिमिली बत्तीको माग बढी हुने भएकाले अहिले बिक्री बढी हुन्छ छ ।” बजारमा अहिले बिजुली (इलेक्ट्रिक) पसलदेखि विभिन्न खुद्रा पसलमा उपभोक्ताको घुइँचो लाग्ने गरेको उनको भनाइ छ। अन्य चाडपर्व र बिहेको याममा कम मात्र बिक्री भए पनि तिहारको समयमा अत्यधिक बिक्री हुने गरेको उनले जानकारी दिए।

    धरानको मुख्य बजार, भानुचोक, सब्जी मन्दिर पुरानो बजारलगायत ठाउँमा बत्ती, फूल मालालगायत सामग्री किन्ने र बेच्नेको भ्याइनभ्याइ छ। व्यापारीले तिहार आउन केही महिनाअघिदेखि झिलिमिली बत्ती बिक्री गर्नका लागि सामान ल्याइसकेका कोइरालाले बताए।

    तिहार सुरु भएसँगै बजार सक्रिय भएको र साना व्यापारीले बिहानदेखि साँझसम्म पसल सञ्चालन गर्दा मनग्य आम्दानी जुटाउने अवसर पाएका सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल श्रेष्ठले बताए।

    उनले भने, “अहिले तिहारमा विशेष गरी सडकका पेटी र गल्लीमा पसल सञ्चालन गर्दा सबैभन्दा ठूलो चुनौती भीड र सडक व्यवस्थापन हो। कहिलेकाहीँ भीडले पसल वरिपरि आवागमन कठिन बनाउँछ। यस्तो समयमा संघले प्रशासनसँग मिलेर बजार व्यवस्थित र सुरक्षित राख्न सहयोग गरिरहेका छौं, जसले व्यापारीले आफ्नो व्यापार वृद्धि गर्नसक्ने अवसर पनि पाउँछन्।”

    सडकमा पसलको उचित व्यवस्था, भीड व्यवस्थापन र सुरक्षा मापदण्ड लागू गरेर ग्राहक र व्यापारी दुवैको सुरक्षा सुनिश्चित गर्न पहल भइरहेको उनले बताए। बजार प्रचार, व्यवसाय वृद्धि तालिम र सहुलियतपूर्ण सहयोग कार्यक्रममार्फत व्यापार अवसर बढाउन र ग्राहकलाई सुविधा दिन संघ सक्रिय रहेको उनको भनाइ छ।

    तिहारका अवसरमा सानासाना व्यापारीले धेरै मेहनत गरिरहेका छन्। यो समय सहरको सानो अर्थतन्त्र चलाउन महत्वपूर्ण छ। “ग्राहकको भीड बढ्दै गर्दा व्यापारीको उत्साह पनि बढ्छ र आफ्नो आम्दानी जुटाउन सकिरहेका छन्”, अध्यक्ष श्रेष्ठले भने।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij