शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

करातेको विश्व च्याम्पियनसिपमा एरिका र सानुमायाले खेल्ने पक्का

  • प्रकाशित मिति : मङ्लबार, कार्तिक ११, २०८२



  • इजिप्टको कायरोमा नोभेम्बर २७ देखि ३० सम्म हुने कराते विश्व च्याम्पियनसिपमा नेपालबाट दुई जना खेलाडीले खेल्ने पक्का भएको छ।

    यसअघि छनोटमा पराजय हुन पुगेकी नेपालकी कराते स्टार एरिका गुरुङले च्याम्पियनसिप खेल्ने पक्का भएको हो।

    विश्व कराते महासंघले एरिकालाई पहिला ६८ केजीमा स्थान दिइएको नेपाल कराते महासंघलाई पत्र पठाएको छ। छनोट पार गर्न नसके पनि उनलाई युनिभर्साली कोटाबाट स्थान दिइएको हो।

    एरिकाले गत महिना मात्र मलेसियाको क्वालालम्पुरमा भएको डब्लुकेएफ कराते वान सिरिज एमा स्वर्ण जितेकी थिइन्। एरिका सन् २०२३ मा चीनमा भएको एसियाली खेलकुदको ऐतिहासिक रजत विजेता खेलाडी समेत हुन्।

    यसअघि महिला काता सानुमाया थिङ पनि यहिँ कोटाबाट छनोट भएकी थिइन्। सानुमायाले कातामा विश्वभरका ३२ खेलाडीसँग प्रतिस्पर्धा गर्नेछन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij