शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आजको राशिफल

  • प्रकाशित मिति : सोमवार, कार्तिक १७, २०८२



  • मेष : दिन सामान्य छ । आफ्नो मूल्यांकन गर्न नसक्दा मनमा खटपटी बढ्नेछ । परिवारलाई समय दिन नसक्दा संकट बढ्नेछ । धार्मिक व्यक्तिसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

    वृष : दिन सामान्य छ । साना कुराले झन्झट थपिनेछ । जन्मकुण्डलीमा शनिदेव सकारात्मक भएको भए राम्रा काम बन्नेछन्। विपक्षी साथी कमजोर हुनेछन् । स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ ।

    मिथुन : दिन राम्रो छ । धनलक्ष्मी योग परेको छ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । राजनीतिक क्षेत्रमा भने घेराबन्दी हुने जोखिम छ । दाम्पत्य जीवन सुखमय बित्नेछ ।

    कर्कट : दिन राम्रो छ । तपाईंको बोलीले साथी टाढा पुग्नसक्छन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । परिवारभित्र विश्वास बढाउन मिहिनेत गर्नुपर्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    सिंह : आज बनेको योजना दीर्घकालसम्म रहनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या बढ्नसक्छ । परिवारको साथ र सहयोग मिल्नेछ । राज्यको तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुनेछ।

    कन्या : दिन राम्रो छ । बौद्धिक क्षेत्रको यात्रा तय हुनेछ । धार्मिक क्षेत्रको यात्राले मनमा शान्ति मिल्नेछ । दाम्पत्य जीवनमा तपाईंको जित हुनेछ । विपक्षीले पनि प्रशंसा गर्नेछन्।

    तुला : दिन सामान्य छ । विरोधी साथीसँग सचेत बन्नुपर्नेछ । परिवारको सल्लाहमा अगाडि बढ्नुपर्नेछ । स्वास्थ्यमा सचेत नहुँदा समस्या बढ्नेछ । पुराना साथीसँगको भेटले मनमा शान्ति मिल्नेछ ।

    वृश्चिक : दिन राम्रो छ । मनमा उत्साह थपिने छ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ । राजनीतिक क्षेत्रमा प्रगति हुनेछ । गणेशको पूजा गरेर दिनको सुरुवात गरेमा हरेक कुरामा फाइदा हुनेछ।

    धनु : दिन सामान्य छ । हरेक क्रियाकलापमा अवरोध हुनसक्छ । काम गर्दा अग्रजको सुझाव लिनुपर्ने समय छ । औषधी नियमित नगर्नाले स्वास्थ्यमा समस्या आइपर्न सक्छ । प्रेम सम्बन्ध भने सुमधुर बन्नेछ ।

    मकर : दिन राम्रो छ । विपक्षी भनेका साथीको साथ मिल्नेछ । शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने छ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ ।

    कुम्भ : दिन राम्रो छ । बोलीका कारण ठुलाठुला काम बन्नेछन्। मुखमा सरस्वतीको बास छ । स्वास्थ्यको उपचार हुनेछ । शिक्षाका क्षेत्रमा लगानी गर्ने हिम्मत गर्नुपर्नेछ । स्वदेशको भन्दा विदेशको व्यापारबाट फाइदा हुनेछ ।

    मीन : दिन राम्रो छ । संयुक्त लगानीबाट मात्र फाइदा हुनेछ । बौद्धिक व्यक्तिसँग परामर्श लिएर काम गर्नुपर्ने दिन छ । स्वास्थ्यमा ख्याल नगर्दा समस्या बढ्नेछ । औषधी नियमित गर्नुपर्ने दिन छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij