आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मधेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा,समर्थन गरेका दलभित्रको विवादले एक महिना नपुग्दै मधेशमा सोनलको पदच्यूत

  • प्रकाशित मिति : शनिबार, कार्तिक २२, २०८२



  • काठमाडाैं । मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिनुभएको छ।

    विश्वासको मत लिनका लागि शनिबार मधेश प्रदेशसभाको बैठक बसेको थियो । तर बैठकमा विश्वासको मत पाउने सम्भावना नदेखेपछि उहाँले राजीनामा दिनुभएको हो । सोनल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोनल गत असोज २९ गते उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो।

    ६ राजनीतिक दलको समर्थनमा ५७ प्रदेश सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख कार्यालयमा दावी पेश भएपछि उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। विश्वासको मत लिने क्रममा माओवादी केन्द्रका दुई सांसदले विद्रोह गरेपछि मुख्यमन्त्री सोनालले विश्वासको मत नपाउने संकेत देखिएको थियो । १ सय ७ सदस्य प्रदेश सभामा प्रदेश सभामा सरकारको लागि ५४ आवश्यक बहुमत हो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij