प्रकाशित मिति : बिहिबार, चैत्र १०, २०७३
काठमाडौ । सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निदेशिका जारी गरेकोमा नेपाल पत्रकार महासंघले आपत्ती जनाएको छ । 
महासंघले एक विज्ञप्ति जारी गर्दै सरोकारवाला संस्थाको संलग्नतामा कार्यदल बनाइएकोमा कार्यदलको सुझावलाई बेवास्ता गर्दै निर्वाचन आचारसंहिता लागू भएको वर्तमान संवेदनशील अवस्थामा पुरानै निर्दे्शिकाको स्रोत र आधारभूमिमा टेकेर नयाँ निर्दे्शिका जारी गरिनुले सरकारको नियतमाथिसमेत प्रश्न खडा गरेको जनाएको छ ।
महासचिव उजिर मगरले जारी गरेको विज्ञप्तिमा भनिएको छ –सुशासन ऐनलाई टेकेर ल्याइएको यस निर्दे्शिकाले भर्खर फस्टाउँदै गरेको अनलाइन माध्यमको भूमिकालाई संकुचित गर्ने र स्वतन्त्र प्रेसलाई नियन्त्रण गर्ने भएकोले महासंघ यसलाई तत्काल फिर्ता लिन सरकारसँग माग गर्दछ ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij