शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

प्रचण्ड र एसियाली राजनीतिक पार्टीहरुको अन्तर्राष्ट्र्यि सम्मेलन आइसिएपी सङ्गठनका

  • प्रकाशित मिति : शुक्रबार, साउन १४, २०७३



  •  नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एसियाली राजनीतिक पार्टीहरुको अन्तर्राष्ट्र्यि सम्मेलन आइसिएपी सङ्गठनका अध्यक्ष जोसे डे भेनेसिया जुनियरकाबीच भेटवार्ता भएको छ ।माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज भएको भेटवार्तामा अध्यक्ष प्रचण्डले नेपालमा संविधानसभाबाट संविधान निर्माण गरी समावेशी प्रजातन्त्र स्थापित गरेको बताए ।

    उनले आफ्नोतर्फबाट राष्ट्रिय एकता कायम गरी राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि प्रयासरत रहेको बताउँदै राष्ट्रिय एकताबाट मात्र राष्ट्रको तीव्र विकास, प्रगति र उन्नति सम्भव भएको बताए ।

    भेटका क्रममा आइसिएपीका अध्यक्ष भेनेसियाले राजतन्त्रको अन्त्य, शान्ति प्रक्रियामार्फत युद्धको अन्त्य र व्यवस्थापन, सङ्घीय व्यवस्थाको स्थापनाजस्ता महान् उपलब्धि नेपाल, नेपाली जनता र नेपालका राजनीतिक पार्टीले हासिल गरेको र यो विश्वकै लागि उदाहरणीय भएको बताए ।

    उनले प्राप्त उपलब्धिलाई अझ उचाइमा पु¥याउन नेपालका राजनीतिक पार्टी सहमति र समझदारीकासाथ एकताबद्ध भएर अगाडि बढ्ने विश्वास व्यक्त गरे ।

    साथै उनले आइसिएपीको आगामी सेप्टेम्बर १ मा क्वालालम्पुरमा हुने सम्मेलनमा सहभागिताका लागि अध्यक्ष प्रचण्डलाई निमन्त्रणासमेत दिएका थिए ।

    सो अवसरमा नेकपा एमालेका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, माओवादी केन्द्रका विदेश विभाग प्रमुख नारायणकाजी श्रेष्ठ र नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकालको समेत उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij