शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज सोमबार, कस्तो छ तपाईंको राशिफल?

  • प्रकाशित मिति : सोमवार, पुस ७, २०८२



  • मेष : दिन राम्रो छ । व्यापारमा गरेको प्रयास सफल बन्नेछ । शिक्षाको क्षेत्रमा गरेको मिहिनेतको नतिजा राम्रो प्राप्त हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर मिल्नेछ ।

    वृष : शुभग्रहको बहुमत रहेको छ । सानो कुरा भए पनि दान गरेर दिनको सुरुवात गरेमा काम बन्नेछ । विपक्षी शान्त भएकाले सोचेको काम गर्दा फाइदा हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

    मिथुन : बन्धुसँगको कारोबारबाट फाइदा हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । शिक्षाको क्षेत्रमा ढिलासुस्ती हुनेछ । परिवारको सुझाव अनुसार अगाडि बढेमा उत्साह बढ्नेछ । साथीको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ ।

    कर्कट : दिन सहज छ । आज गरेका काम दीर्घकालसम्म रहनेछन् । काम गर्दा सचेत बन्नुपर्ने आवश्यकता देखिन्छ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । राज्यमा सेवाको अवसर मिल्नेछ । परिवारमा उत्साह थपिने दिन छ ।

    सिंह : स्वास्थ्यमा सुधार हुनेछ । अचानक नराम्रो शब्द सार्वजनिक हुने भएकाले थोरै बोलेर अगाडि बढ्नुपर्नेछ । परिवारबाट विश्वासघात हुने जोखिम रहेको छ । पूर्वको लामो यात्रामा नजानु राम्रो हुनेछ । विदेशमा गरेको लगानीप्रति आकर्षण बढ्नेछ ।

    कन्या : दिन राम्रो छ । दैनिक काम सहजै बन्नेछन् । सानो कुराले मनमा खटपटी भए पनि गुरुसँगको भेटले मन शान्त बन्नेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारसँग रमाइलो गर्ने अवसर मिल्नेछ । घुम्ने अवसर प्राप्त होला ।

    तुला : आम्दानी बढ्नेछ । साना कुरामा अल्झिनुभन्दा महत्त्वपूर्ण कामलाई अगाडि बढाउँदा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

    वृश्चिक : शुभग्रहको बहुमत भएकाले महत्त्वपूर्ण काम बन्नेछ । दाजुभाइसँगको सहकार्यले उन्नति हुनेछ । खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ । परिवारमा कर्तव्य पूरा गरेर अगाडि बढ्नुपर्ने दिन छ ।

    धनु : दिन राम्रो छ । धन आर्जन गर्ने समय आएको छ । सरकारी काममा भन्दा निजी तरिकाले अगाडि बढ्नु राम्रो हुनेछ । कुनै सरकारी पदमा भए बढुवा हुनेछ । उपचारकोक्रममा भए स्वास्थ्यमा सुधार हुनेछ । साथीसँगको भेटले मन शान्त बन्नेछ ।

    मकर : दिन सामान्य छ । साथीभाइले आक्रामण गर्ने जोखिम छ । सहकर्मीले भन्दा बाहिरका साथीले तपाईंको प्रशंसा गर्नेछन् । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । धार्मिक व्यक्तिसँगको भेटले मन शान्त बन्नेछ । बिहान उठेर पिपलको दर्शन गरेमा दिन सहज बन्नेछ ।

    कुम्भ : शुभग्रहको पहुँचले काम बन्नेछ । धार्मिक अभियान्तासँगको परामर्श फलदायी हुनेछ । रोगको जोखिम बढ्नेछ । साथीभाइको भने साथ र सहयोग मिल्ने योग छ ।

    मीन : सोचेको काम बन्नेछ । बोली र व्यवहारमा एकरुपता आवश्यक देखिन्छ । मनमा झन्झट बढ्नेछ । स्वास्थ्यमा समस्या हुने जोखिम छ । प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ । परिवारको साथ र सहयोग प्राप्त हुनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij