शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आज बुधबार, कस्तो त तपाईंको राशिफल?

  • प्रकाशित मिति : बुधबार, माघ १४, २०८२



  • मेष : आज धनलक्ष्मी योग परेको छ । सदुपयोग गर्नुहोला । व्यापारमा सोचेको भन्दा फरक अवस्था सिर्जना हुने भएकाले लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ । शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ । निजी क्षेत्रको शिक्षामा लगानी गर्ने हिम्मत गर्नुपर्ने दिन छ । परिवारको साथ र सहयोग मिल्नेछ।

    वृष : तपाईंको बोलीले महत्त्वपूर्ण काम बन्नेछ । पूर्वको लामो यात्रा नगर्नु उचित हुन्छ । साथीभाइको साथ र सहयोग प्राप्त हुनेछ । राज्यको तर्फबाट सेवाको अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

    मिथुन : स्वदेशको लगानीबाट फाइदा हुनेछ । लगानीबाट उत्साह मिल्दा मन शान्त बन्नेछ । रोगले सताउने छ । शिक्षाको लगानीबाट नाफा कमाउने योग छ ।

    कर्कट : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ । घुमघाम तय हुनेछ । स्वास्थ्यले साथ दिनाले मन शान्त बन्नेछ । साथीको साथले महत्त्वपूर्ण काम गर्नेछ । राज्यको निगरानीमा रहेकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

    सिंह : दिन राम्रो छ । लगानीका क्षेत्रबाट नाफा हुनेछ । विदेशको रमझमले मन आकर्षित हुनेछ । विदेशमा गरेको लगानीबाट फाइदा हुनेछ । बलले भन्दा बुद्धिले गरेको कामले भविष्य सुन्दर बन्नेछ ।

    कन्या : आज नयाँ काममा हात नहाल्नु उपयुक्त हुन्छ । सोचेका काम नबन्दा निराशा बढ्नेछ । शिक्षामा थप श्रम गर्नुपर्ने दिन छ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

    तुला : दैनिक काम सहजै बन्नेछन् । खानपानमा ख्याल नगर्दा पुराना रोगले सताउने छ । दाजुभाइसँगको सहकार्यबाट नाम र दाम दुवै मिल्नेछ । शिक्षाको क्षेत्रमा प्रगति गर्ने भए मेहनतको खाँचो देखिन्छ ।

    वृश्चिक : आम्दानीका दृष्टिले दिन सहज छ । सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ । रोगसँग लड्ने क्षमता बढ्नेछ । पश्चिमको लामो यात्रा नगर्नु उचित हुनेछ । शिक्षामा गरेको लगानीबाट मन सन्तुष्ट बन्नेछ ।

    धनु : साथीभाइसँग सहकार्य हुनेछ । पुराना साथीसँगको भेटले खुशी मिल्नेछ। माथिल्लो निकायबाट साथ र सहयोग मिल्नेछ । विपक्षीका कुरामा अलमल नगर्नु उचित हुनेछ । परिवारको साथ मिल्नेछ भने प्रेम सम्बन्ध समुधुर बन्ने योग छ ।

    मकर : मन अशान्त बन्नेछ । सानो कुराले खटपटी बढ्ने देखिन्छ। अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । खर्च कटौती गर्नुपर्ने समय आएको छ । सहकर्मीसँग सल्लाह लिएर अगाडि बढेको खण्डमा दैनिकी सहज बन्नेछ ।

    कुम्भ : बौद्धिक व्यक्तिसँग भेट हुनेछ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ । प्रतिकुल अवस्था भएकाले धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ । संकटमा साथीको साथ मिल्नेछ ।

    मीन : मन अशान्त बन्नसक्छ । शिक्षामा मेहिनेतको खाँचो देखिन्छ । परिवारको साथ र सहयोग लिएमा दिन सहज बन्नेछ । स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट नाफा हुने योग छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij