मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

निःशुल्क आँखा शिविरबाट ८९ जनाको शल्यक्रिया

  • प्रकाशित मिति : सोमवार, माघ १९, २०८२



  • दमौली । तनहुँको आँबुखैरेनीमा सञ्चालित निःशुल्क आँखा शिविरमा ८९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेको छ।

    आँबुखैरेनी गाउँपालिकाले नेपाल नेत्रज्योति सङ्घ तथा भरतपुर आँखा अस्पताल, चितवनको सहयोगमा सञ्चालन गरेको निशुल्क आँखा शिविरमा मोतियाबिन्दु देखिएका ८९ जनाको शल्यक्रिया गरिएको हो।

    शिविरमा छ सय जनाको आँखा परीक्षण गरिएकामा एक सय १७ जनामा मोतियाबिन्दु देखिएको थियो। त्यसमध्ये ८९ जनाको शल्यक्रिया गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायले जानकारी दिए।

    सामान्य आँखा समस्या, दृष्टि कमजोर हुनु, आँखा दुख्ने जस्ता समस्या लिएर आएका सेवाग्राहीले निःशुल्क परामर्श तथा औषधि समेत प्राप्त गरेका थिए।

    लामो समयदेखि आँखाको समस्या भएपनि आर्थिक अवस्था कमजोर वा टाढा जान नसक्दा उपचार गर्न नपाएका धेरै नागरिक यस शिविरमार्फत पहिचानमा आएको उपाध्यायले बताए।

    शल्यक्रियापछि सेवाग्राहीहरूले पुनः स्पष्ट देख्न पाएको अनुभव सुनाउँदै खुसी व्यक्त गरेका छन्। कतिपय ज्येष्ठ नागरिकले लामो समयपछि अनुहार चिन्न, किताब पढ्न र दैनिक कामकाज सहज भएको बताएका छन्।

    गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख उपाध्यायले शिविरले आँखासम्बन्धी समस्याको समयमै पहिचान र उपचार गर्न सहयोग पुगेको बताए।

    गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नागरिकको स्वास्थ्यलाई गाउँपालिकाले सधैँ प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै ग्रामीण भेगका नागरिकले सहज रूपमा स्वास्थ्य सेवा पाउनुपर्छ भन्ने मान्यताका साथ शिविर सञ्चालन गरिएको बताए।

    गाउँपालिकाले आगामी दिनमा आँखा उपचार मात्र नभई अन्य स्वास्थ्य समस्यालाई लक्षित गरी पनि विभिन्न प्रकारका निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना बनाइरहेको उनले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij