शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सुडानमा अर्धसैनिककाे आक्रमणमा परी ६ हजार बढी मानिसकाे ज्यान गयाे,१ करोड ३० लाख बढी मानिस विस्थापित

  • प्रकाशित मिति : सोमवार, फाल्गुन ४, २०८२



  • एजेन्सी । सुडानको अल–फशेर शहरमा अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सेस (आरएसएफ) को आक्रमणमा ३ दिनमै ६ हजार भन्दा बढी मानिसको ज्यान गएको संयुक्त राष्ट्रसंघको प्रतिवेदनले देखाएको छ ।

    गत वर्षकाे अक्टोबरमा शहर कब्जा गर्दा आरएसएफले नरसंहार, यौनहिंसा र व्यापक मानवअधिकार हनन गरेको प्रतिवेदनमा उल्लेख गरिएकाे हाे । शहरभित्र कम्तीमा ४ हजार ४ सय जना र शहरबाट भाग्ने क्रममा १ हजार ६ सय जना भन्दा बढी मानिस मारिएका पीडित र प्रत्यक्षदर्शीहरूले बताएका छन् । करिब ३ वर्षदेखि सरकारी सेना र आरएसएफबीच चलेको गृहयुद्धले १ करोड ३० लाख भन्दा बढी मानिस विस्थापित भएका छन् ।

    संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार प्रमुख भोल्कर टर्कले सबै पक्षलाई मानवअधिकार हनन तुरुन्त बन्द गर्न अपील गर्नुभएको छ । आरएसएफले प्रतिवेदनकाे बारेमा टिप्पणी गरेको छैन । सन् २०११ मा गृहयुद्धकै कारण सुडानबाट टुक्रिएर दक्षिण सुडान नामको नयाँ राज्य बनेको थियो । अहिले सुडानको पूर्वी क्षेत्र सरकारी सेना र पश्चिमी क्षेत्रको ठूलो हिस्सा आरएसएफ लडाकुको कब्जामा छ ।

    यसैबीच आरएसएफ निकट सुडान फाउन्डिङ एलायन्सले पश्चिमी क्षेत्रमा समानान्तर सरकार स्थापना गर्ने घोषणा गरेपछि अफ्रिका युनियनले निन्दा गरेको हाे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij