मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

उपत्यकाको वायु प्रदूषण अत्यन्तै भयावह,बिहान र बेलुकी घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २७, २०८२



  • काठमाडौं/नेपालको वायु प्रदूषणको अवस्था अत्यन्तै भयावह भएको छ । एयर क्वालिटी इन्डेक्स (एक्यूआई)ले मंगलवार काठमाडौंको वायु प्रदूषणको स्तर विश्वमै भारतको राजधानी नयाँ दिल्लीपछि दोस्रो स्थानमा देखाएको छ । मंगलवार साँझमा काठमाडौंको एक्यूआई १८४ थियो । पहिलो नम्बरमा थियो । उपत्यकाको वायु प्रदूषण अत्यधिक भएपछि सरकारले विशेष सतर्कता अपनाउन अपिल गरेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक काम नपरिकन बाहिर ननिस्कन र विशेषगरी बिहान र बेलुकी घरभित्रै बस्न आग्रह गरेको छ ।
    मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं, पोखरा र विराटनगरलगायत तराईका विभिन्न क्षेत्रको हावामा हानिकारक पर्टिकुलेट म्याटर (पीएम)को मात्रा निकै बढेको छ । धनगढी र वीरेन्द्रनगरकोे वायु पनि अत्यन्त प्रदूषित छ । प्रवक्ता डा. बुढाथोकीले श्वासप्रश्वास र छालाको माध्यमबाट शरीरभित्र पस्ने यी सूक्ष्म र हानिकारक पीएम कणहरूले मानव स्वास्थ्यमा गम्भीर जोखिम निम्त्याउँछन् ।

    मन्त्रालयले प्रदूषणबाट ज्येष्ठ नागरिक, गर्भवती महिला, ५ वर्षमुनिका बालबालिका र दीर्घरोगीहरू उच्च जोखिममा रहेको भन्दा उनीहरूलाई विशेष सावधानी अपनाउन आग्रह गरेको छ । वायु प्रदूषणको कारण सामान्य आँखा दुख्ने, आँखा पाक्ने र दृष्टिमै नोक्सान पु¥याउनेदेखि लिएर मुटु, मिर्गौला, श्वासप्रश्वाससम्बन्धी गम्भीर रोग र क्यान्सरसमेत गराउन सक्ने प्रवक्ता डा. बुढाथोकीले बताउनुभयो ।

    मन्त्रालयले प्रदूषणबाट बच्न विशेषगरी बिहान र बेलुकाको समयमा घरबाहिर ननिस्कन सुझाव दिएको छ । बिहान र साँझको समयमा हानिकारक किटाणु र कणहरू वायुमण्डलको तल्लो तहमा जम्मा हुने भएकाले उक्त समयमा ‘मर्निङ वाक’ वा ‘इभिनिङ वाक’मा ननिस्कन आग्रह गरिएको छ ।
    बाहिर निस्कनै पर्ने अवस्थामा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न, आँखा जोगाउन चस्मा लगाउन र छालालाई प्रदूषणबाट बचाउन पूरै शरीर छोपिने गरी कपडा तथा टोपी लगाउन मन्त्रालयले सुझाव दिएको छ ।

    वायु प्रदूषण न्युनीकरणका गर्न स्वास्थ्य मन्त्रालयले अन्य सरोकारवाला मन्त्रालयहरूसँग पनि समन्वय र पैरवी गरिरहेको जनाएको छ । डा. बुढाथोकीले उद्योग, भौतिक पूर्वाधार, कृषि तथा वन र वातावरण मन्त्रालयसँग प्रदूषण कम गर्ने विषयमा निरन्तर छलफल भइरहेको बताउनुभयो ।
    सवारी साधनको धुवाँ, कलकारखाना, कृषिमा विषादीको प्रयोग, जथाभावी फोहोर र प्लास्टिक जलाउने कार्य तथा वन डढेलो नियन्त्रण नभएसम्म प्रदूषण निर्मूल नहुने भन्दै मन्त्रालयले यस्ता कार्य रोक्न सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेको हो ।

    तत्कालका लागि प्रदूषणको प्रत्यक्ष असरबाट बच्न शरीरलाई सुरक्षित राख्नु नै उत्तम विकल्प भएको मन्त्रालयको जनाएको छ । बढ्दो गाडीको चाप, डढेलो र पानी नपर्ने अवस्थाले हावा दूषित भइरहेको वातावरण विभागले जनाएको छ । मन्त्रालयका अनुसार यस हप्ताभर काठमाडौं उपत्यकामा प्रदूषणको अवस्था यथावत रहनसक्ने सम्भावना छ ।

    राजधानीको १८ स्थानमा वायु प्रदूषण मापन यन्त्रको सूचकांकमा सबै अस्वस्थ देखिएको हो । स्वस्थकर हुन एयर क्वालिटी इन्डेक्स (एक्यूआई ० देखि ५० हुनुपर्छ । कामपाले राजधानीका १८ स्थानमा जडान गरेको वायु गुणस्तर निगरानी बोर्डमा वायु प्रदूषणको अवस्थाबारे उल्लेख गरेको छ । कामपाले स्वयम्भुस्थित १५ वडा कार्यालय, बालाजु बाइसधारा, डल्लु, थापाथली, क्षेत्रपाटी, नयाँ बसपार्क र जडीबुटीमा उपकरण जडान गरेको छ ।

    असनचोक, कमलादी, बौद्ध क्षेत्र, पुरानो बानेश्वर, शान्तिनगर वडा कार्यालय, चाबहिलचोक, लैनचौर, हाँडीगाउँ र रत्नपार्कमा एक्यूआई परीक्षण यन्त्र जडान गरेको थियो । १९ स्थानमा एक्यूआई परीक्षण यन्त्र जडान गरिएको भए तापनि कलंकी चोकको तथ्यांक भने देखिएको छैन ।

    ‘सबै स्थानमा कतै पनि स्वस्थ वायु छैन । १८ वटै स्थानमा वायु मध्यम किमिसको पाइएको कामपा वातावरण विभाग प्रमुख सरिता राईले बताउनुभयो ।
    एक्यूआइको रिपोर्टअनुसार ५१ देखि १०० लाई मध्यमस्तर मानिन्छ । कामपाले त्यसलाई पहेँलो रङको प्रतीक जनाएको छ । कामपा क्षेत्रको रत्नपार्कबाहेक सबै क्षेत्रको वायु अस्वस्थ छ । रत्नपार्कको एक्यूआई १२५ छ बाँकी स्थानहरूको एक्यूआई १८० देखि २०० को बीचमा छ । वातावरणविद्का अनुसार २०० देखि ३०० धेरै अस्वथ्य अर्थात सबै व्यक्तिमा गम्भीर स्वास्थ्य समस्या देखिन सक्ने र अति ३०१ देखि ५०० सम्म अति खतरनाक सबै मानिसमा स्वास्थ्यमा गम्भीर असर पर्नसक्ने उल्लेख छ ।

    कामपा वातावरण व्यवस्थापन विभागले धेरै अस्वस्थलाई बैजनी र खतरनाकलाई गाढा खैरो प्रतीक उल्लेख गरेको छ । जाडो याममा खुला स्थानमा आगो बाल्ने, लामो समयसम्म वर्षा नहुने कारणले वायु प्रदूषण बढेको हो । विभागले वातावरण स्वस्थ राख्न खुला क्षेत्रमा आगो नबाल्ने सूचना जारी गरेको छ । कामपाले करिब एक महिनाअघि सूचना जारी गरी जथाभावी आगो बाल्नेमाथि कारबाही गर्ने चेतावनी दिएको थियो ।

    वायु प्रदूषणका प्रमुख कारणहरूमा सवारी साधनबाट निस्कने धुवाँ, सडक तथा अन्य निर्माण कार्यका क्रममा उत्पन्न हुने धुलोका कणहरू, उद्योग तथा कलकारखानाबाट निष्काशन हुने धुवाँ र धुलो, साथै खुला रूपमा प्लास्टिकजन्य फोहोरमैला जलाउँदा निस्कने धुवाँ रहेका छन् ।
    विभागले सूचना जारी गरी नियमित रूपमा आफ्नो सवारी साधन मर्मत गरी सवारी साधनबाट हुने प्रदूषण कम गर्ने, सवारी साधन प्रचलित प्रदूषण मापदण्डभित्र रहेर चलाउन, प्लास्टिकजन्य फोहोरमैला तथा अन्य फोहोरमैला नबाल्न, निर्माणजन्य सामग्री सडक तथा फुटपाथमा नथुपार्न, निर्माणजन्य सामाग्री ढुवानी गर्दा र लोड, अनलोड गर्दा धुँवा धुलो निष्कासन नगर्न आग्रह गरेको छ ।

    त्यस्तै उद्योग, कलकारखाना, अस्पतालहरूले कामपा प्रदूषण नियन्त्रण मापदण्ड, २०८१ ले तोकेको वायु गुणस्तर तथा धुवाँसम्बन्धी मापदण्डभित्र रहेर मात्र कार्य गर्न, उद्योगमा वायु प्रदूषण कम गर्ने उपकरणको प्रयोग गर्न र सर्वसाधारणले आफ्नो व्यक्तिगत सुरक्षाको निम्ति मास्क लगाएर हिँडडुल गर्न अपिल गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij

    Tudi drobna količina limonine lupinice lahko spremeni okus jedi, če jo uporabimo premišljeno. Pri zdravih receptih zato štejejo majhne podrobnosti, ki jih je vredno podrobneje raziskati. prav drobna napaka naredi jogurt kefir Se sprašujete, kako pripraviti okusen in zdrav obrok brez zapletenih postopkov? Poskusite s preprostimi recepti iz svežih sestavin.