प्रकाशित मिति : मङ्लबार, चैत्र १०, २०८२
काठमाडौँ / रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–४ मा सामान्य घरायसी विवादका क्रममा जेठानको कुटपिटबाट ज्वाइँको मृत्यु भएको छ । घटनामा संलग्न आरोपीलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी भोलाकुमार भट्टका अनुसार ससुराली आएका ज्वाइँ प्रेम बहादुर तामाङ (करिब ६० वर्ष) माथिलाई उनका जेठान वीरबहादुर तामाङले सोमबार साँझ कुटपिट गरेका थिए । कुटपिटपछि बेहोस भएको सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो ।
तर, त्यति बेलासम्म तामाङको मृत्यु भइसकेको अवस्थामा भेटिएको डिएसपी भट्टले बताए । घटनापछि फरार रहेका जेठान वर्ष ६० वर्षीय वीरबहादुर तामाङलाई प्रहरीले खोजतलास गरी सोमबार बिहान करिब पौने ८ बजे सोही वडाको खारपानी क्षेत्रबाट पक्राउ गरेको हो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij