शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पाल्पाका गढी र किल्लामा १६१ किलोमिटर पदयात्राको तयारीमा नेपाली सेना

  • प्रकाशित मिति : मङ्लबार, चैत्र १०, २०८२



  • पाल्पा / पाल्पाका गढी तथा किल्लाहरूमा नेपाली सेनाले १६१ किलोमिटर पदयात्राको तयारी गरेको छ । रामपुर नगरपालिकाको केलादी घाटबाट सुरु भएर पूर्वखोलाको वाकुमगढी, हात्तीलुङको माथागढी, तानसेन नगरपालिकाको प्रवास (तानसेन) र तिनाउ गाउँपालिकाको जितगढी (नुवाकोट पाल्पा) सम्म नेपाली सेनाले यस वर्ष पनि पदयात्रा गर्न लागेको हो ।

    दि फेमस महीन्द्र दल गणका प्रमुख शान्तकुमार थापाका अनुसार पृथ्वीनारायण शाहले राज्य एकीकरणका क्रममा प्रयोग गरेको पदमार्ग पहिचान गर्न चौथो पटक पदयात्रा आयोजना गरिएको हो ।

    पदयात्रा वैशाख २ गतेदेखि ७ गतेसम्म हुनेछ । एकीकरण पदयात्रामा रामपुर नगरपालिकास्थित केलादी घाटबाट सुरु भएर नुवाकोट (तिनाउ, पाल्पा) मा पुगेर सकिनेछ । चैत २७ गते गोरखाबाट ‘ऐतिहासिक गोरखा-जितगढी’ पदयात्राका लागि सेनाको टोलीप्रस्थान गर्नेछ ।

    सोही टोलीलाई रामपुर नगरपालिका केलादीघाटमा स्वागत गर्ने कार्यक्रम छ । त्यसपछि पाल्पाको दि फेमस महीन्द्र दल गणले जिल्लाका गढी तथा किल्लामा पदयात्रा गर्ने सेनाली डिलबहादुर राना मगरले बताए । पदयात्रा वैशाख ७ गते रुपन्देहीको जितगढीमा पुगेर सकिनेछ । टोलीमा ५३ जना रहनेछन् । स्थानीय बासिन्दा, जनप्रतिनिधि, विद्यालयका विद्यार्थी, टोल विकास संस्थाका प्रतिनिधिले ठाउँठाउँमा स्वागत तथा बिदाइ गर्नेछन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij