प्रकाशित मिति : शुक्रबार, चैत्र १३, २०८२
बिनिता शर्मा,काठमाडौ ।प्रहरीले रोल्पामा ७०० बोट अफिम खेती नष्ट गरेको छ।
जिल्ला सदरमुकाम लिवाङबाट ६५ किलोमिटर पश्चिममा पर्ने परीबर्तन गाउँपालिका वडा नम्बर ४ तातापानी बस्ने ६० बर्षीय धनसीङ ओलीको बारीमा अफिम खेती छ भन्ने सूचनाका आधारमा फागुन ३० गते बिहान साँडे ११ बजेतिर रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्री सहित जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख DSP बिरेन्द्र वीर बिश्वकर्माको कमाण्डमा ७ जना र इलाका प्रहरी कार्यालय पाछावाङ रोल्पाबाट सै पृथ्विराज जैसवालको कमाण्डमा-७ जना सहितको टोली खटि गई १० मिटर लम्बाई १५ मिटर चौडाई रहेको खेतमा फुल पुलेको जस्तो देखिने अन्दाजी ७०० वटा बोट लागु औषधअफिम खेति नष्ट गरिएको हो।



अफिम खेति गर्ने व्यक्ति धन सिंह ओलीलाई नियन्त्रणमा लिई दिन १० म्याद थप गरी जिल्ला प्रहरी कार्यालय रोल्पाको हिरासत कक्षमा राखिएको र थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख बिरेन्द्र वीर बिश्वकर्माले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij