शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ओलीलाई तत्काल रिहा नगरे देशव्यापी आन्दोलनको चेतावनी

  • प्रकाशित मिति : शनिबार, चैत्र १४, २०८२



  • सुर्खेत। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेको विरोधमा कर्णालीका विभिन्न जिल्लामा एमालेले प्रदर्शन गरेको छ ।

    आफ्ना अध्यक्ष ओलीलाई तत्काल रिहाईको माग गर्दै एमालेले प्रदर्शन गरेको हो। सुर्खेत, जुम्ला, कालिकोट, दैलेखलगायतका जिल्लामा एमाले कार्यकर्ताले प्रदर्शन गरेका छन् ।

    जुम्लामा एमालेले राँके जुलुससमेत निकालेको छ । सबै जिल्लाका एमाले नेताहरुले सरकारले जवरजस्ती मुलुकलाई मुडभेडमा लिने खोजेको आरोप लगाएका छन् ।

    उनीहरूले तत्काल अध्यक्ष ओलीलाई रिहा नगरे देशव्यापी आन्दोलनको चेताबनीसमेत दिएका छन् । एमालेले जिल्ला जिल्लामा प्रदर्शन गर्न थालेपछि प्रहरीले सुरक्षा सर्तकता बढाएको छ ।

    सम्भावित सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्णालीको सुरक्षा व्यवस्था कडा पारिएको छ । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि हुन सक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कर्णालीमा सुरक्षा सतर्कता अपनाइएको छ ।

    प्रदेशभरका सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन सर्कुलर जारी गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

    प्रदेश मातहतका सबै जिल्लामा सुरक्षा निकायलाई उच्च सतर्कताका साथ बस्न सर्कुलर भएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक रामप्रकाश शाहले बताए ।

    जिल्लामा प्रहरी प्रमुखसहित सम्पूर्ण प्रहरी कर्मचारीको बिदा स्थगित गरिएको र सबैलाई स्ट्यान्डबाई बस्न निर्देशन भइसकेको उनले बताए ।

    कुनै पनि स्थानमा अप्रत्याशित घटना हुन नदिन र भईहाले पनि तुरुन्त नियन्त्रण गर्न सकियोस् भनेर सुरक्षा संयन्त्रलाई पूर्ण तयारीमा राखिएको उनले बताए ।

    आवश्यक परे तत्काल परिचालन गर्न सकिने गरी सुरक्षा व्यवस्थापन सुदृढ गरिएको उनको भनाइ छ ।

    २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनको छानबिनका लागि गठित आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक पक्राउ परेपछि राजधानी काठमाडौँमा विरोध प्रदर्शन भइरहेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij