शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

बलात्कारको आरोप लगाउँदै महेश बस्नेतविरुद्ध शोभाको उजुरी

  • प्रकाशित मिति : आइतवार, चैत्र १५, २०८२



  • काठमाडौँ। नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउको मागको निवेदन लिएर शोभा पाठक जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन् ।

    बलात्कारको आरोप लगाउँदै बस्नेतविरुद्ध उनले यसअघि नै उजुरी दिइसकेकी छिन् ।

    उनी आइतबार जिल्ला प्रहरी परिसर काठमाडौँ र सरकारी वकील कार्यालयमा बस्नेतलाई तत्काल पक्राउ गर्न माग लिएर पुगेकी हुन् ।

    उनले कार्यालय परिसरमा पत्रकारसँगको कुराकानीमा नयाँ सरकारले आफूलाई न्याय दिलाउने विश्वास व्यक्त गरिन् ।

    पहिले नै पक्राउ पर्नुपर्ने बस्नेतलाई केपी ओलीले आफूसँगै थुनामा स्याहार गर्न लैजान राखेको उनको आरोप छ ।

    ‘मलाई हेरेर न्याय दिने होइन्,सयौं प्रमाण हेरेर न्याय दिनुहुन्छ भन्ने विश्वास छ । महेश बस्नेतलाई पक्राउ गर्न नसक्ने किन ? लिखित जवाफ चाहिन्छ । बस्नेतलाई अस्ति नै पक्राउ गर्नुपर्ने थियो । ओलीले वुद्धी पुर्याएर आफूसँगै छोरालाई स्याहार गर्न लैजान राखेका थिए, सँगै बस्छन् अब ।’

    अब गोरखाबाट न्याय शुरू भएको बताउँदै उनले गृहमन्त्री सुधन गुरुङको कार्यसम्पादनको प्रशंसासमेत गरिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij