शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

लागुऔषधसहित विभिन्न स्थानबाट १५ पक्राउ

  • प्रकाशित मिति : आइतवार, चैत्र १५, २०८२



  • काठमाडौँ। बझाङको जयपृथ्वी नगरपालिका-९ चिउरी खानबाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ १७० मिलिग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सुर्मा गाउँपालिका-२ बस्ने २६ वर्षीय प्रदीप बोहरा र २३ वर्षीय तिलक बोहरा छन् । जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    रुपन्देहीको कञ्चन गाउँपालिका-५ गरगरेस्थित देउराली टोल बस्ने ३० वर्षीय किरण सुनारसमेत दुई जनालाई लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ ग्राम ८ मिलिग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले किरणको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

    यसैगरी, कैलालीको धनगढी उपमहानगरपालिका-९ ब्रांग्रा कटानबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ३ ग्राम २०० मिलिग्रामसहित सोही ठाउँ बस्ने २० वर्षीय जनक ठगुन्नालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    मोरङको कानेपोखरी गाउँपालिका-६ बिहीबारे बस्ने ३२ वर्षीय दिप्लुङ राईसमेत तीन जनालाई लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १ ग्राम २०० मिलिग्रामसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ। प्रहरी चौकी रमाइलोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    यस्तै, कञ्चनपुर, बेलौरी नगरपालिका-६ बाट लागुऔषध खैरो हेरोइनजस्तो देखिने पदार्थ २ ग्राम ९० मिलिग्रामसहित दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका ढक्का बस्ने २३ वर्षीय सिकन्दर राना र २८ वर्षीय रामपाल राना छन् ।

    इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको से६प ७७७२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

    यसैगरी, झापाको भद्रपुर नगरपालिका-४ डाँगीवारिबाट लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ८ ग्राम ३८० मिलिग्राम सहित अर्जुनधारा नगरपालिका-११ बुट्टा बारी बस्ने १७ वर्षीय किशोर समेत दुई जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

    यस्तै, नवलपरासी पूर्व, विनयी त्रिवेणी गाउँपालिका-२ दुम्किवास बजारबाट नियन्त्रित लागुऔषध स्पास्मो ८८ ट्याब्लेट र नगद ८ हजार ५०० रुपैयाँसहित सोही ठाउँ बस्ने २७ वर्षीय अमृत श्रेष्ठसमेत दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    उक्त स्थानमा खटिएको प्रहरीले ना१९प ७९२९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

    यस्तै, बाँकेको कोहलपुर नगरपालिका-१५ चौधरिया गाउँ बस्ने २७ वर्षीय सोम कुमार थारुलाई लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ६ ग्राम १८० मिलिग्राम र डिजिटल तराजु एक थानसहित शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय कोहलपुर समेतबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij