प्रकाशित मिति : बुधबार, चैत्र १८, २०८२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणसम्बन्धी मुद्दामा तारेख बुझ्न पर्सा जिल्ला अदालत पुगेका छन्। लामिछाने बुधबार अदालत पुगेर र तारेख बुझेर केहीबेरमा फर्किएका हुन्।
उक्त प्रकरण पर्सा जिल्लामा दर्ता भएको सानो पाइला सहकारी ठगी सम्बन्धी मुद्दासँग सम्बन्धित रहेको बताइएको छ।
रास्वपा सभापति लामिछाने फागुन २१ मा सम्पन्न निर्वाचनमा चितवन-२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका हुन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij