शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा व्यवसायी दिपक भट्ट पक्राउ

  • प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०८२



  • काठमाडौँ । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेका व्यवसायी दिपक भट्ट पक्राउ परेका छन् ।

    अध्यागमन विभागले उनको पासपोर्ट रोक्का गरेसँगै विदेश आवत-जावतमा निगरानी बढाइएको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको प्रशासन विशेष स्रोतले जानकारी दिएको छ । विभागले सम्पत्ति शुद्धीकरण विभागको पत्रका आधारमा मंगलबारदेखि उनको राहदानी रोक्का गरेको थियो ।

    स्रोतका अनुसार भट्टमाथि अवैध सम्पत्ति आर्जन तथा राजस्व छलीसम्बन्धी आरोपमा अनुसन्धान भइरहेको छ । पासपोर्ट रोक्का गरिएपछि उनी विदेश जान नपाउने व्यवस्था गरिएको थियो ।

    भट्टलाई निगरानी सूचीमा राखिएको र आवश्यक परेमा नियन्त्रणमा लिने तयारी गरिएको थियो । सोही प्रक्रियाअनुसार उनलाई पक्राउ गरिएको जनाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij