शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ओली-लेखक पक्राउबारे संसद्‌मा रामबहादुर थापाको आपत्ति

  • प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०८२



  • काठमाडौँ। नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले प्रतिनिधि सभाको बैठकमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउप्रति आपत्ति जनाएका छन्।

    थापाले बैठकमा बोल्दै उक्त पक्राउ गैरकानूनी ढंगबाट भएको दाबी गरेका छन्। उनले समृद्धिका नायकहरूलाई खलनायक र हत्यारोको रूपमा प्रस्तुत गरिएको र देश जलाउनेहरूलाई महानायक बनाइएको बताए।

    उनले प्रश्न गर्दै भनेका छन्, ‘कुन उद्देश्य पूरा गर्नको लागि राजनीतिक नेतृत्वहरूलाई पक्राउ गर्ने प्रपञ्च रचिँदैछ ? किन देशव्यापी रूपमा दमनचक्र र राज्य आतंक मच्याइँदैछ ?’

    थापाले भदौ २३ र २४ गतेका घटनाका सन्दर्भमा पनि प्रश्न उठाएका छन्। साथै, उनले विद्यार्थी संगठन खारेज गर्ने तयारीप्रति पनि असन्तुष्टि व्यक्त गरेका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij