शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रविले मागे सरकारका तर्फबाट दलित समुदायसँग माफी

  • प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०८२



  • काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले दलित समुदायमाथि ऐतिहासिक रूपमा भएको विभेद र अन्यायका लागि सरकारको तर्फबाट माफी मागेका छन्।

    बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले दलित समुदायमाथिको विभेद सामाजिक गल्ती मात्र नभई संगठित अपराध भएको बताए।

    उनले सम्बोधनका क्रममा चुनावका बेला खगेन्द्र सुनारले माफी मागेको प्रसंग उल्लेख गर्दै उनले भने, ‘मेरा मित्र माननीय खगेन्द्र सुनार निर्वाचित भएर यहाँ आउनु भएको छ। चुनावी दौडका सिलसिलामा उहाँका विषयमा विवाद आउँदा उहाँले माफी माग्नु भयो। गल्ती गरेको हो कि होइन भन्ने अन्योल हुँदा खगेन्द्र सुनारले माफी मागे। खगेन्द्र सुनारमाथि युगौँ युगसम्म गरिएको अन्यायको लागि हामीले माफी माग्यौँ?’

    उनले थपे, ‘यो देशको दलित समुदायलाई आज सार्वजनिक क्षमायाचनाका साथ केही भन्नु छ। यो सरकार शताब्दिऔँदेखिको विभेदको, अन्यायको, अत्याचारको इतिहाससँग पहिलो पटक सामुहिक र सार्वजनिक माफी माग्दै छ। म सिंगो पार्टी, प्रधानमन्त्री र सरकारको तर्फबाट माफी माग्छु।’

    सम्बोधनका क्रममा उनले सरकारले अब महिलाहरूको अधिकार पनि सुनिश्चित गर्ने बताए। ‘यो रोस्टमबाट मैले आमा र दिदीबहिनीलाई पनि केही भन्नु छ। यो देशमा तपाईहरूले सबैभन्दा धेरै जिम्मेवारी बोकेर भए पनि सबैभन्दा कम अवसर पाउनुभयो। घर सम्हाल्नु भयो, परिवार बचाउनु भयो। समाज चलाउनु भयो। तर, त्यसलाई काम मानिएन। महिलालाई अवसर अब अनुग्रह होइन अधिकार हुनेछ। हामी सुनिश्चित गर्नेछौँ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij